मलेसियालाई ६ रनले हराउँदै नेपालले जित्यो सिरिज

असार २९, काठमाडौं- आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आइतबारको मलेसिया विरुद्धको दोस्रो खेल खेलिरहेको सात रनले विजयी भएको छ ।
मलेसियाले सात विकेट गुमाएर पुरै ओभरमा १६७ रन मात्र बनाउन सफल भएको थियो ।

मलैसियाकै क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको सो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

नेपालका लागि बिनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धसतकीय पुरा गरेको थियो ।
नेपालमा बाढी पहिरोमा धेरैको ज्यान गएकोमा शोक व्यत्त गर्न नेपाली खेलाडीले हातमा कालो पट्टी बाँधेर खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्