महिलाहरुको हातमा हरियो चुरा र मेहन्दी !

२ साउन, काठमाडौँ– नेपालि धर्मसंस्कृति र परम्परा अनुुसार महिलाहरु साउन महिनाभरी हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्मसंस्कृति मान्ने महिलामा मात्र सीमित मेहन्दी र चुरा लगाउने चलन थियो, अचेल सबैजना महिला र युवतीका लागि फेसनजस्तो भएको छ । साउन लाग्नेबित्तिकै रातो, पहेँलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको चहलपहल मन्दिर र बाटोघाटोमा धेरै देखिन्छन् ।

विबाहित महिलाहरु अफनो श्रीमानको लागि चुरा र मेहन्दी लगाउ छन्,भने किशोरी वा युवतीहरूले आफ्नो प्रेमीको निम्ती आफूलाई हरियो चुरा र मेहन्दीमा सजाउने लोकप्रिय संस्कृतिका रूपमा परिचित भएको छ । पहिले गाउँघरमा मेहन्दी पाइँदैनथ्यो, मेहन्दीको साटो, तिउरेको पात वा बिभिन्न फूलहरुको पात प्रयोग गरेर महिलाहरुले हत्केलामा दल्थे , तर अचेल तिउरेको ठाउँमा मेहन्दी प्रयोग गर्न थालिएको छ, लगाएको मेहन्दीको रङ गाढा बसेमा औधी माया गर्ने भावी पति पाइन्छ भन्ने विश्वास पनि गरिन्छ ।

यो सौन्दर्य कसरी प्राप्त गर्ने भन्ने उपाय खोज्ने क्रममा मेहन्दी र चुराको पनि प्रयोग बढेको हो । नेपाल भरीका मेहन्दी र चुरापोतेको काम गर्ने व्यवसायीलाई भ्याइनभ्याइ छ । साउन लागेपछि हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने गरेको छ । यो संस्कृतिले नेपाली किशोरी, युवती हुन् या वयस्क सबै उमेर समूहलाई छोएको छ ।

साउन महिना भरि महिलाहरु सोमबारको बर्त बस्ने गर्दछन् । साउनको बर्त बस्ने चलन भगवानको पाला देखिनै चल्दैआएको हाम्रो बिभिन्न धर्म सस्कृतिले बताउ छ । नेपाली धर्म सस्कृति अनुसार साउनको सोमबारको बर्त सर्वप्रथम पार्रबतिले भगवान शिव लाई पाउनको निम्ती बसेको भन्ने भनाइ छ । साउनको महिनामा सोमबारको बर्त बस्नाले श्रीमानको आयु लामो हुने मान्यता छ,र किशोरी वा युवतीहरूले बर्त बस्दा भबिष्यमा राम्रो श्रीमान पाउने भन्ने परम्परा बर्षो देखि चलिआएको हो ।

प्रतिक्रिया दिनुहोस्