लोकसेवाको प्रश्नः किराँतीहरु पूर्व, पश्चिमको हुन् कि? जिउडाल परेको वा एकोहोरो मान्छे हुन् ?

७ साउन, काठमाडौं – लोक सेवा आयोगले २०७६ साउन ४ गते पाँचौं तहको नासुको परीक्षामा सोधिएको प्रश्नले सम्पुर्ण सिंगो किराँती समुदायको धज्जी उडाएको भन्दै नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ त्रिभुवन विश्व विद्यालय समितीले यो प्रश्न आपत्तिजनक रहेको अध्यक्ष अशोक राईले बताएका छन् ।

नेपालको संबिधानले लोकसेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा भाग २३ को धारा २४२ मा स्विकारेको छ। लोक सेवा आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर पुस्तिका परिक्षण, अन्तर्वार्ता, मनोबैज्ञानिक व्यक्तित्व परीक्षण, पाठ्यक्रम निर्माण लगायतका आयोगको कामका लागि सम्वन्धित शाखाले सम्वन्धित बिषयका आवश्यक संख्यामा दक्षहरुको नाम समावेश भएको सूचीलाई समय समयमा अद्यावधिक गराइ दक्ष र विशेषज्ञहरुको सूची राख्दै आएको दाबी गर्छन् ।

अध्यक्ष राईले लोकसेवा आयोगको यो प्रश्नको उत्तरले राज्यको प्रतिबिम्बित उत्तर आएको छ, राज्यको बुझाई र दृष्टिकोण आएको जनाएका छन् । किन कि लोकसेवा आयोग भनेको राज्यको संबैधानिक निकायले बोलेको आवाज हो । जुन, खेदजनक छ ।

इतिहास देखि किरात समुदायको विशेषज्ञ तथा बिज्ञ ब्यक्तिहरुले हरेक लेख रचना, वक्तव्य तथा कार्यक्रमहरुमा किरातको अर्थ सभ्यता, भुगोल, संस्कृति, ऎतिहासिकता बोकेको इतिहास भनेर किरातको अर्थ र परिभाषा लेख्दै,भन्दै आएको छ । यहि सभ्यता, संस्कृति, भूगोल र ऎतिहासिकताको आधारमा प्रदेश नं १ लाई किरात प्रदेशको नामकरण गर्ने दबाबमुलक आन्दोलन भईराखेको छ । यतिखेर यो घडीमा किरातको अर्थको उत्तर लोकसेवा आयोगले सहि उत्तरहरु पहिचान गर्न नसक्नु कसको कमजोरी हो रु लोक सेवाको प्रश्नपत्र बनाउने विशेषज्ञ तथा बिज्ञ भनेको टियुको टप्परको अगाडि ९ अंक थपी गोल्डमेडलिट भए जस्तै त होइन ? संका उब्जाएको छ लोकसेवाको प्रश्नपत्र बनाउने विशेषज्ञ तथा बिज्ञ प्रती ।

प्रतिक्रिया दिनुहोस्