लगातार बर्षाका कारण नेपाल र मलेसियाको खेल ९ ओभरमा लगातार बर्षाका कारण झर्यो

८ साउन, काठमाडौं –टी–२० वर्ल्डकप एसिया फाइनलमा टस हुनु अगाडि नै लगातार वर्षा भएपछि खेल ढिला गरी सुरु भयो र नेपाल र मलेसियाको खेल ९ ओभरमा झारिएको छ । जसमा नेपालमा टस जितेर फिल्डिङ रोजेको छ। ब्याटिङको निम्तो पाएको मलेसियाले पहिलो ओभरमा नै दुई विकेट गुमाएको थियो । 

आज कप्तान पारस खड्का प्लेइङ इलाभेनमा छ्रैनन् । कतारविरुद्धको खेलमा ढाड दुख्ने समस्या आएपछि उनले दोस्रो इनिङ खेलेका थिएनन् । उनको स्थानमा रोहित कुमार पौडेल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्