सोह्र बर्षे ठिटोहरुको आरुषीसँग रोमान्स (भिडियो)

काठमाडौं — गायक तथा सँगीतकार रेवत राईको ‘सोह्र बर्षे ठिटो’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हालै युटुबमार्फत सार्वजनिक गरिएको गीतमा स्वयंम गायक रेवतको आवाज रहेको छ, भने विशा गुरुङको शब्द र बादल लिम्बुको सँगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा हास्य आरुषी मगर, उमेश राई ‘फुलन्देको आमा’ जितेन बान्तवा राई लगायतले अभिनय गरेका छन् ।

१६ बर्ष लागेका युवायुवतीहरुमा विपरित लिंगप्रतिको आकर्षण अर्थात पलाउने प्रेम चन्चले स्वभावको परिवेशलाई गीतको भिडियोमा उतार्न खोजिएको छ ।
नेत्र किराँतीले निर्देशन गरेको उक्त गीतको भिडियोमा केपी क्रु ग्रुपको पनि अभिनय रहेको छ ।

गायक रेवत राईले यस अघि ‘तिमि मेरो जिन्दगीको’ गायिका मेलिना राईसँग स्वयंम आफ्नै आवाज र फिचरिङ भिडियो सार्वजनिक गरेका थिए ।

त्यस्तै, पछिल्लो समय उनको ‘खुशे’, ‘पानी तालैमा’ ‘आज मेरो मायालुले’ लगायतका गीतको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन् ।

भिडियो…

प्रतिक्रिया दिनुहोस्