त्रिशूली बस दुर्घटनाः मृतकको संख्या ५ पुग्यो, अझै कयौँ बेपत्ता

काठमाडौं — धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटस्थित त्रिशूली नदीमा शुक्रबार
दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने  १६ जनाको उद्धार गरिएको छ । सर्लाहीको मलंगवाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे दुर्घटना भएको थियो । दुर्घटना भएको बसमा ४५ जना यात्रु सवार रहेको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजा सौरव रौनियारको खुलेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार १ चालक, १ कण्डक्टर र १ सहचालक रहेको बसमा मलङ्गवाबाट ४० र सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई जना यात्रु चढेको थियो । बसलाई त्रिशूलीबाट निकालिएको छ । बसभित्र कोही पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्