विश्वकप फुटबल -२०२२ को अफिसियल चिन्ह यस्तो

कतार, भदौ १८
सन् २०२२ को कतार विश्वकप फुटबलको आधिकारिक लोगो सार्वजनिक गरिएको छ । मंगलबार कतारको राजधानी दोहामा प्रतिक चिन्ह सार्वजनिक गरिएको हो ।

कतारको स्थानिय समय अनुसार मंगलबार साँझ ८:२२ बजे कतारका बुर्ज खलिफा, कतारा सास्कृतिक ग्राम, सैफ वाकिफ तथा अल जुबारा किल्लामा विश्वकपको प्रतिक चिन्हलाई सार्वजनिक गरिएको थियो  ।

यसका साथै संसारका लन्डन, जोहान्सवर्ग, मेक्सिको सिटी, मुम्बई, पेरिस तथा सिउल लगायतका २४ शहरहरूमा पनि यसलाई एकसाथ सार्वजनिक गरियो ।

२२ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता नोभेम्बर २१, २०२२ मा कतारमा सुरू हुनेछ भने डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसला दिन फाइनल खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्