भक्तपुरमा पेस्तोललसहित एक पक्राउ

२४ भदौ, काठमाडौं । भक्तपुरको सूर्य विनायकबाट प्रहरीले एक थान नलकटुवा पेस्तोलसहित ३८ वर्षीय शम्भुप्रसाद साह कानु लाई पक्राउ गरेको छ ।
बाराको फेटा गाउँपालिका–३ का कानुलाई भक्तपुरको सूर्य विनायक नगरपालिका–९ भातेढिकुरस्थित सडकमा सोमबार राति हिँडिरहेको समयमा शंका लागेपछि प्रहरीले उनीलाई चेकजाँच गरेका थिए ।

चेकजाँचको क्रममा उनको साथबाट एक थान पेस्तोल र सो पेस्तोलमा लागने ६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्