कालाजारबाट एक जनाको ज्यान गयो

२४ भदौ, काठमाडौं – लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी २३ वर्षीया जीवन रानाको मृत्यु भएको हो । भैरहवाको मेडिकल कलेजमा उपचारको क्रममा कालाजारको लक्षण देखिएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

कालाजारको लक्षणहरु मानिस दुब्लाउँदै जाने, रक्त अल्पता हुने, फियोे र कलेजोको आकार बढ्ने, सामान्यदेखि उच्च ज्वरो आउने, पेट फुलिने, खान मन नलाग्ने, शरीर कमजोर हुँदै जाने कालाजारका लक्षण हुन् । कालाजार लेसमानिया डोनोभानी प्यारासाइट नामक जिवाणुका कारण कालाजार रोग लाग्ने गर्दछ ।

कालाजार एक प्रकारको सेन्ट फ्लाई नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ । रोगी व्यक्तिलाई टोकेको भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा यो रोग सर्ने गर्दछ । पहिला पहिला यो रोग तराई क्षेत्रमा बसोबास गर्नेलाई मात्रै हुने गरे पनि पछिल्लो समयमा पहाडी र उच्च हिमाली क्षेत्रमा समेत देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्