एशेज सिरिज:अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्दै

काठमाण्डौँ–इंग्ल्याण्डमा जारी एशेज सिरिजको पाँचौँ खेलका लागि अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

इंग्ल्याण्डको द ओभल मैदानमा नेपाली समय अनुसार पौने चार बजे सुरु हुने खेलका लागि अष्ट्रेलिया तथा इंग्ल्याण्ड दुवै टोलीले दुई/दुई खेलाडी परिवर्तन गरेका छन् ।

अष्ट्रेलियाका बलर मिचेल स्टार्कको ठाउँमा पिटर सिडल तथा ट्राभिस हेडको ठाउँमा मिचेल मार्श आएका छन् । त्यस्तै इंग्ल्याण्डको टोलीमा जेसन रोय र केग ओभर्टनको ठाउँमा क्रिश वोक्स र साम कर्रन खेल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्