सुनको भाउ घट्यो

 

काठमाण्डौ – सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुन तोलाको ७१ हजार रुपैयाँमा सुन कारोबार भएको थियो । यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्