चाडवाड नजिकिएसँगै सपिङ गर्ने मुडमा हुनुहुन्छ ? उपयोगी सपिङ अनलाईन साईटहरु

काठमाडौं । तपाईंसँग इन्टरनेटसहितको मोवाइल वा कम्प्युटर छ भने चिन्ता नगर्नुस् चाहेको सामान घरमै आइपुग्छ । विभिन्न अनलाइन सपिङ सञ्चालकहरुले तपाईंका लागि उपयोगी सामानको सूची आफ्नो वेबसाइटमा राखिदिएका हुन्छन् । तपाईंले अनलाइनबाट नै अर्डर गरेर ती सामान आफ्नो घरमा भित्र्याउन सक्नुहुन्छ, जसका लागि तपाईंले मात्रै एक क्लिक गरे पुग्छ ।

नेपालमा अनलाइन सपिङको सुरुवात न्यूरोडमा रहेको मुञ्चा हाउसले करिब डेढ दशक अगाडि गरेको थियो । सन् १९३० को दशकमा एउटा पसलबाट कारोबार सुरु गरेको मुञ्चाले पछि घर नै भाडामा लिएर कारोबार थालेको थियो । मुञ्चा डटकम नेपालको पहिलो अनलाइन सपिङ वेबसाइट हो जहाँबाट संसारमा पाइने लगभग सबै सामग्री उपलब्ध छन् ।

सूचना प्रविधिको विश्वव्यापि विकाससँगै नेपालमा इन्टरनेटको विकास तीब्र गतिमा भइरहेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो आँकडा हेर्ने हो भने करिव ४५ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन् ।

इन्टरनेटमा हुने बिक्रीका लागि पहिलो आवस्यकता इन्टरनेटको पहुँच नै हो । इन्टरनेटको पहुँच राम्रो हुँदै गए इ(कमर्श पनि बढ्ने अनलाइन बिक्रेताहरु बताउँछन् । इन्टरनेटको पहुँच जनसंख्याको ठुलो हिस्सा ओगट्ने मध्यम वर्गमा पुर्‍याउन सके इ(कमर्सको भविष्य बलियो हुने उनीहरुको आशा छ ।

नेपालमा नाम चलेका अनलाइन साइटहरु

daraz.com.np

sastodeal.com

muncha.com

nepbay.com

market.thulo.com

meroshopping.com

hamrobazaar.com

dokoman.com

प्रतिक्रिया दिनुहोस्