धनीको दशैं, गरीबको दशा नहोस्– विजया दशमीको शुभकामना – रोशन राई

दशैं भित्रिएसँगै नेपाली बजार तातेको छ । चाडवाड आउनसाथ धनीलाई रमझम लागेपनि गरीबलाई भने के कसरी छाक टोर्न ? भन्ने पीरले नै सताउने गर्दछ । प्रत्येक दशैंसँगै सगुन्जिने एटा उखान हो, धनीको घरमा दशैं अनि गरीबको घरमा दशा, गरीबको घरमा आँसु अनि धनीको घरमा छाकै पिच्छे मासु ।

नयाँ लुगा लाउने, मीठो मसिनो खाने र आफन्तजन भेट भएर रमाईलो गर्ने, टिका–टाला लाउने पर्व हो दशैं । तर, सबैको गक्षता र क्षमताले नभ्याउन पनि सकेको अवस्था हुन्छ । दशैं संस्कृतिसँगसँगै जे जसरी भएपनि ठूलो खसी खानैपर्ने, घरछिमेक र इष्टमित्रको अगाडि इज्जतको लागि पनि रवाफ देखाउनैपर्ने विषय विकृतिको रुपमा पनि हाबी भईरहेको छ । देखावटी तडगभडगकै कारण दशैंमा धेरैलाई ऋण पनि लाग्ने गर्छ ।

तर, दशैंलाई समाजको रीतिरिवाज र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले मनाउन सक्नुपर्दछ । यसमा अनावश्यक फजुल खर्च नगर्नु नै बुद्धीमानी हुनेछ ।

बरु सकिन्छ ,खुल्ला आकाश मुनिका सडकको पेटिहरुमा अत्यन्तै कष्टकर जिबनयापन गर्न बिबश शरिरीक तथा मानसिकरुपमा अशक्तहरुलाई सहयोग गर्न सकियो भने मानव धर्म हुनेछ । तर,
दसैमा जुवा तास खेलेर, जाँड रक्सी जस्ता मादक पदार्थ पिउनु पर्छ भन्ने मान्यता भ्रम हो ।

त्यसो त, धार्मिक एवम् साँस्कृतिक विविधता रहेको देश हो, नेपाल । यहाँ अन्य धर्मालम्बीहरुको आ–आफ्नै विशृष चाडपर्वहरु छन् । ती सबैलाई सम्मान गर्न र सहजरुपमा बुझ्न पनि आवश्यक छ, दशैंले । यद्दपी, हिन्दुहरुको महान चाड दशैंलाई पनि अन्य सबै धर्मालम्बीहरुले सम्मा गर्न सक्नुपर्दछ । र एकआपसमा खुसी, शान्ती, समृद्धि, दिर्घायु र प्रगतिको शुभकामना साटेर नेपालको हरेक पर्व मान्न सक्नुपर्छ ।

आ–आफ्नो गक्षअनुसार, के कसरी सकिन्छ, एकआपसमा माया, सद्भाव र सहयोग साटेर यसपालीको दशैं मान्न हुन देश, विदेशमा छरिएर बस्नुभएको सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्