सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ– सुन मंगलबार तोलाको ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ

सोमबार तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार रुपैयाँमा झरेको थियो । मंगलबार चाँदी पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्