चिनियाँ ओखर आयात बढ्दै

काठमाण्डौँ– नेपालमा उत्पादन कम हुने र माग बढ्दै जाँदा चीनबाट रसुवागढी नाका हुँदै २०७४ साउनदेखि हाल यही असोज २७ गतेसम्ममा १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मूल्य बराबरको चिनियाँ ओखर आयात भएको छ ।

रसुवागढी भन्सार कार्यालयका अनुसार यो अवधिमा ७ लाख ५० हजार ८ सय ६८ केजी ओखर आयात भएको छ ।

आयात भएको ओखरमध्ये ७२।५२ प्रतिशत अर्थात ५ लाख ४४ हजार ५ सय ३६ केजी छोडाएको ओखर रहेको छ। यस्तै, २ लाख ६ हजार ३ सय ३२ केजी ओखर चाहिँ नछोडाएको नै आयात भएको भन्सार कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्