छालामा आउने मुसाबारे सामान्य जानकारी

सामान्यतय मुसा भनेकोछालामा आउने साना साना मासुको डल्ला हो । जो ह्युमन पापिलोमा भाइरस एचपीभी नामक भाइरसको संक्रमणबाट छालामा आउने रोग हो । यसलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस भनिन्छ ।

Image result for picture of human body verruca vulgaris

एचपीभीको सयौं प्रजातीहरुले विभिन्न प्रकारका मुसाहरु शरीरको विभिन्न ठाउँमा निकाल्छन् । यो हात खुट्टामा र घाँटीमा आउने भएपनि कहिलेकाहीँ मुखको भित्री भाग, आवाज नाली र यौनांगमा आउँछ । सामान्य प्रकारका मुसा हात तथा खुट्टाको माथिल्लो भाग तथा औलाहरुमा आउने हुन्छ यो हेर्दा नराम्रो देखिन्छ तर सामान्यतया अरु समस्या दिँदैन ।घाँटीमा आउने मुसा पनि हेर्दा नराम्रो देखिन्छ तर सामान्यतया अरु समस्या दिँदैन ।

पैतालामा र हत्केलामा आउने मुसा यसको मुख्य लक्षण अत्याधिक दुखाइ हो । दुखाइ विशेषः गरी हिँड्ने बेलामा हुन्छ। भेरुका प्लाना ससाना खैरो रंगको मुसाहरू जो अनुहारमा ज्यादा आउँछन् ।यौनांगमा आउने मुसाहरु यो चाहि यौनांगमा घाउ हुनेहरुसँग असुरक्षित सम्पर्क भएमा हुन्छ । यो मुसा गराउने एचपीभीको प्रजातिले कहिले काँही गुदद्वारको क्यान्सर पनि गराउन पनि सक्छ ।

सामान्यतय साना साना हात र खुट्टामा आएको मुसा आफैँ निको हुन सक्छ तर, पैतालामा, घाँटीमा वा हत्केलामा आएको वा यौनांगमा आउने र अनुहारमा आउने मुसाहरु आफैं निको हुँदैन । पहिलो कुरा मुसाको उपचार विशेषज्ञको निगरानीमा मात्र गर्नुपर्छ ।

मुसा एउटा सरुवा रोग हो । मुसा कोट्यै रहने वा मुसा चलाएपछि राम्रोसँग हात नधोई अन्य ठाउँमा छोएमा यो रोग सर्छ । यस्तै असुरक्षित यौन सम्पर्कको कारणले पनि यो रोग सर्दछ । यदी पुरुषको अनुहारमा यो रोग छ भने दाह्री काट्दा पनि यो रोग अर्को ठाउँमा सर्न सक्छ ।

यसको पूर्ण रुपमा रोकथाम गर्न नसकिए पनि बच्नको लागि केही सावधानी अपनाउन सकिन्छ । जस्तैः

  • हात राम्रोसँग धुने ।
  • हात चुसिरहने वा नंग टोक्ने बानी नगर्ने ।
  • सधै जुत्ता लगाउने ।
  • अरु कसैको मुसा आएमा नकोट्यौने ।
प्रतिक्रिया दिनुहोस्