सुनको मूल्य घट्यो चाँदीको मूल्य स्थिर

Image result for picture of gold

काठमाडौं- कात्तिक ३ गते प्रतितोला सुनको मूल्य दुईसय रुपियाँले घटेको छ । आईतबार सुनको मूल्य प्रतितोला ७० हजार चार सय रुपियाँमा कारोबार भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ७० हजार छ सय रुपियाँमा भएको सुनको कारोबार आईतबार ७० हजार चार सय रुपियाँ भएको छ । असोज २७ गते प्रतितोला ७० हजार रुपियाँमा सुनको कारोबार भएको थियो । त्यसपछि वृद्धि हुँदै शुक्रबार ७० हजार छ सय रुपियाँसम्म पुगेको थियो । त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार एक सय रुपियाँमा कारोबार सुरु भएको महासंघले जनाएको छ ।  शुक्रबार चाँदीको मूल्य प्रतितोला ८५० रुपियाँमा कारोबार भएको थियो भने आईतबार पनि चाँदीको मूल्य प्रतितोला ८५० रुपियाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्