डिभीको आकर्षणले राहदानी बनाउने चाप ह्वत्तै बढेको छ ।

 

काठमाडौँ- सामान्यतय विदेश घुम्न जान,पढ्न जान र काम गर्न जानको लागि राहदानी बनाउनेको गर्दथ्यो भने अहिले अमेरिकाले डाइभर्सिटी भिसा ‘डिभी’ को आवेदनका लागि नै पासपोर्ट अनिवार्य गरेपछि राहदानी बनाउनेहरुको संख्या बढेको छ ।

डाइभर्सिटी भिसासँगै विदेशमा रोजगारी, चिकित्सक अध्ययनका लागि राहदानी अनिवार्य गरेकोले राहदानी बनाउनेहरुको संख्या बढेको जिल्ला प्रशासन कार्यालयहरुबाट खबर प्राप्त भएको छ । बैदेशिक रोजगारका लागि मलेसिया जान सम्झौता भएको, डिभी आवेदन र विदेशमा चिकित्सक अध्ययनमा राहदानी अनिवार्य गरेकाले राहदानी बनाउनेको चाप बढेको छ ।

सामान्यतया जिल्लामा एमआरपी बनाउनेमा १० प्रतिशत विद्यार्थी, १० प्रतिशत आफन्तलाई भेट्न विदेश जाने र ८० प्रतिशत बैदेशिक रोजगारीमा जानेहरु नै रहेको छ । एमआरपी बनाउन साधारण तर्फ पाँच हजार र दु्रत सेवा अन्तर्गत १० हजार रुपियाँ शुल्क लाग्ने गरेको छ ।

ठूलठूला सपना बोकेर रोजगारका लागि विदेश जान एमआरपी बनाउनेहरुमा प्रायजसो १८ वर्षदेखि ३५ वर्षसम्म समूहका युवाती र यूवाहरु रहेका छन् । पढाइ बीचमै छोडेर नागरिकता बनाउने वित्तिकै बैदेशिक रोजगारका लागि एमआरपी बनाउनेमध्ये अधिकाँश १८ वर्ष उमेरका युवाती र यूवाहरु रहेको छन् । साधरण पढाइ लेखाइ गरेर बेरोजगार बसेका अधिकाँश युवाती र युवाहरु यहाँ रोजगारको अवसर नपाउँदा रोजगारको लागि विदेश पलायन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्