फलफूल खाने सहि तरिका जानिराखौँ

सभ्यताको सुरुवातमा सबै कुराहरु काँचै खाने चलन थियो । कुनै समय फलफूलले मात्रै जीवन धानेका मानिव जाति अहिले नियमित खानाको रुपमा कृतिम स्वाद लिएर प्राकृतिक स्वादको लागि फलफूल खाने गर्दछन् । हामीलाई प्रकृतिले काँचै खानको लागि दिएको फलफुलहरु पनि समय मिलाएर खाएमात्रै फाइदाजनक हुन्छ । अन्यथा यो पनि शरीरको लागि घातक हुनसक्छ ।

Image result for fruits

खानाहरु जस्तै फलफूल खानको लागि समेत विभिन्न नियम रहेको छ । अहिले विज्ञानले रासायनिक प्रतिक्रिया भएर फलहरुको मिश्रणले शरीरलाई नोक्सानी गर्ने बताउँछ । त्यस्तै केही फलहरुलाई दूधमा मिसाएर खानु हुदैन जुन फल पूरा रुपमा गुलियो हुँदैन, जुन फलमा थोरै मात्रै भएपनि अम्ल ‘एसिड’को मात्रा हुन्छ । त्यस्तो फललाई दूधमा मिसाएर खानु हुँदैन भन्ने मान्यता छ । गुलियो नै भएपनि केरालाई पनि दूधमा मिसाएर खानु हुदैन ।

खाना लगत्तै खान नहुने फल–  कुनैपनि फलहरु खाना खानेबित्तिकै खानु हुँदैन । यसको पछि पनि एउटा आधारभूत कारण छ । फलले हाम्रो पाचन प्रक्रियालाई प्रभावित गर्छ । जसका कारण खाना लगत्तै फल खाँदा हाम्रो पाचन प्रणाली बिग्रन जान्छ । यस्तो गर्दा यसबाट एसिडिटी पनि हुनसक्छ ।

सागपातसँग फलफूल खानुहुदैन नपकाएको खानासँग कहिलै पनि पकाएको खाना खानु हुँदैन । किनकी शरीरमा काँचो र पाकेको  खाना  पचाउनको लागि छुट्टा छुट्टै शक्तिको आवश्यकता पर्दछ । यो दुबै फल एकै पटक खाँदा यसले पनि पाचन प्रक्रियामा असर गर्ने गर्दछ ।

बिहानको समयमा खाने फल–  बिहानको समय फल खानको लागि एकदमै फाइदाजनक हुन्छ। अमिलो फललाई छाडेर अरु सबै किसिमको फलहरु बिहान खाली पेटमा नै खान सकिन्छ । यसरी बिहान खान सक्ने फलफूलमा केरा, नासपाती आदि पर्छन् । खासगरी स्याउलाई बिहानको समयमा खानु राम्रो हुन्छ । यसमा प्रोटिन हुन्छ । यी खानाले घटाउँछ वजन खाना खानुभन्दा केही समय अघि मात्रै फल खानु स्वास्थ्यको लागि अत्यन्त फाइदाजनक मानिन्छ । यसले धेरै खाना खाने समस्याबाट पनि रोक्छ र शरीरमा खाना सन्तुलित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्