लगातर बढ्दै सुनको भाउ

काठमाडौं, कात्तिक २५ गते सोमबार सुनको भाउ बढेको छ । आइतबार देखि सुनको भाउ बढेको सोमबार समेत निरन्तरता पाएको छ ।

Image result for gold

 

सोमबार छापावाल सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुन प्रतितोला ७० हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजावी सुन प्रतितोला ७० हजार सात सयमा कारोबार भैरहेको थियो । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्