पुन, सुनचाँदीको मूल्यमा बृद्धि

काठमाडौं, कात्तिक २८ गते । बिहिबार सुनको मूल्यमा बृद्धि भएको छ ।

Image result for gold

बिहिबार छापावाल सुन प्रतितोला ७२ हजार रुपियामा कारोबार भइरहेको छ । बुधबार ७१ हजार चार सय रुपैयामा कारोबार भएको सुनको मूल्य ७२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य तोलामै एकै दिन छ सयले बृद्धि भएको हो ।

बिहिबार तेजाबी सुनको मूल्यमा समेत बृद्धि भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ७१ हजार सात सयमा कारोबार भैरहेको छ । चाँदी प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्