चार फुटबलरलाई एन्फाले गर्‍यो राष्ट्रिय टिमबाट बर्खास्त !

काठमाडौं  – फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलका लागि राष्ट्रिय टिममा परेका चार जना फुटबलरलाई बर्खास्त गरेको छ ।

एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो ।

Related imageचारै जनालाई अनुशासनहीन काम गरेको भन्दै एन्फाले टिमबाट हटाएको बुझिएको छ। उनीहरु शुक्रबार राति ठमेलको क्लबमा गएको एन्फा स्रोतको जानकारी दिएको छ। भुटान उड्नुअघि दिन उनीहरु राति २ बजेसम्म क्लबमा रहेको एन्फा स्रोतको भनाइ छ।

एन्फाले भुटान प्रस्थान गर्ने टिमलाई शनिबार विदाई गरेको थियो। तर चार खेलाडी विदाईमा उपस्थित थिएनन्। चार खेलाडी विनाको नेपाली टिम अपरान्ह ३ बजे भुटान जाने कार्यक्रम छ ।

 

 

प्रतिक्रिया दिनुहोस्