‘मेरो आँखाबाट तिमी झर्न हुन्न थियो’ (भिडियो)

काठमाडौं —  ‘मेरो आँखाबाट तिमी झर्न हुन्न थियो’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय कोरियन मोडल भनेर चिनिएकी कलाकार अनुशा राई र कन्ट्रोल राईको अभिनय रहेको भिडियोमा खेमराज राईको पनि अभिनय रहेको छ ।

आजभोलीका नयाँ पुस्ताहरुमाझ हुने प्रेममा आई परेका खटपट सहन नसकेर आफ्नो जीबन त्याग गर्न सम्म तयार रहेका प्रेमीहरुको यादमा तडपिएका मायाको भावलाई भिडियोमा उतार्न खोजिएको छ ।

पछिल्लो समय म्युजिक भिडियोहरुमा ब्यस्त हुँदै आफ्नो पहिचान बनाईरहेकी मोडल अनुशाले यी दुई मोडल सँगको भिडियोमा केमेस्ट्रि राम्रो निभएका छन् । कन्ट्रोल राईले यस अघि दुई म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् । 

विक्रम राईकोे निकै नै राम्रो निर्देशनमा बनेको उक्त भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका छन् । गायक राज सिग्देलको आवाजमा सजिएको गीतलाई स्वर्गीय सुमनले लेखेका हुन् ।

गायक तथा सँगीतकार विक्रम राईले निकै राम्रो सँगीत भरेका छन् । फणिन्द्र राईले एरेन्ज गरेको गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

भिडियो …

प्रतिक्रिया दिनुहोस्