पर्यटकलाई भ्रमणबर्ष भरि १० प्रतिशत छुट

काठमाडौं — नेपाल एशोसिएशन अफ टुर एण्डट्राभलले भ्रमणबर्ष भरि पर्यटकलाई १० प्रतिशत छुट दिने भएको जनाएको छ ।

नेपाल भ्रमण बर्ष सचिवालय र नेपाल एशोसिएशन अफ टुर एण्डट्राभल (नाट्टा)बीचभएको सम्झौता कार्यक्रममा नाटाका अध्यक्ष सिएन पाण्डेले बताए ।

विहीवार भ्रमणबर्ष सचिवालय र नाट्टाबिचभएको दुई पक्षियहस्ताक्षर गरि भ्रमणबर्ष भरि आफुहरुको टुर प्याकेजमापर्यटकलाई १० प्रतिशत छुट दिने गरी नयाँ कार्यक्रम सार्वजनिक गरेको नाटा अध्यक्ष पाण्डेले जानकारी दिए ।

अध्यक्ष पाण्डेले मलेसिया, चीन, भारतलगायतका देशहरुलाई भ्रमणबर्षमाप्राथमिकतामा राख्नु पर्ने बताए । यस्तै गरि भ्रमणबर्षका संयोजक सुरज बैधले सातओटै प्रदेशमापर्यटक लैजाने गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै उनले ट्रेकिङ गाईडहरुलाई सके सम्मभ्रमणबर्ष अंकित पोशाक लगाउने नभए ढाकाटोपी मात्रै भए पनि लगाउन प्रोत्साहन गर्ने जानकारी उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्