जानिराखौँ कस्तो व्यक्तिलाई अदुवाको सेवनले हानि गर्छ ।

 

प्राय, जसो नेपालीहरुको भान्सामा अदुवा अनिवार्य जस्तो प्रयोग हुन्छ । अदुवा सेवन गर्नु अति नै फाइदाजनक पनि हुन्छ । यसले शरीरलाई तातो बनाउँछ, रुघाखोकी, ज्वरो, घाँटी खस्खसाउने जस्ता समस्याहरुबाट मुक्ति प्रदान गर्छ । तर, अदुवाको सेवन हरेकको लागि फाइदाजनक हुँदैन ।

Image result for ginger

 

कस्तो व्यक्तिलाई अदुवाको सेवनले हानि गर्छ । आज हामी त्यस्ता व्यक्तिहरुको बारेमा चर्चा गर्नेछौं, जसमा अदुवाको सेवनले हानि पुर्‍याउन सक्छ ।

दैनिक औषधि प्रयोग गर्ने व्यक्तिहरुका लागि 

दैनिक औषधि प्रयोग गर्ने व्यक्तिले अदुवाको सेवन गर्नुहुँदैन । किनभने ती औषधिमा समावेश ड्रग्सहरु जस्तै बेटा(ब्लोकर्स, एन्टिकोगुलेन्ट र इन्सुलिन) अदुवासँग मिलेपछि खतरनाक मिश्रण बन्छ ।

गर्भधारणमा अदुवाको सेवन हुन सक्छ खतरनाक

गर्भधारण भएको समयमा अदुवाको सेवन गर्नुहुँदैन । सुरुवाती महिनामा अदुवाको सेवन राम्रो भए पनि पछि यसको सेवनले नोक्सान पुर्‍याउन सक्छ । बच्चा जन्मनु तीन महिना अगाडि अदुवाको सेवन खतरनाक हुनसक्छ । यो समयमा अदुवाको सेवन गर्नाले प्रिम्याच्योर डेलिभरी  हुने खतरा हुन्छ ।

पित्तको पत्थरी भएकाहरुका लागि

पित्तको पत्थरी भएको व्यक्तिलाई अदुवाको सेवन खतरनाक हुनसक्छ । वास्तवमा अदुवाको सेवनले शरीरमा भाइल जुस अत्याधिक मात्रामा बनाउन सुरु हुन्छ । पित्तको पत्थरी हुँदा त्यो जुस बढी मात्रामा निर्माण हुनु खतरनाक हुनसक्छ । त्यसैले यस्तो स्थितिमा अदुवाको सेवन गर्नुहुँदैन ।

अप्रेशन गर्न लागेका व्यक्तिहरुका लागि

अप्रेसन गर्ने व्यक्तिले दुई हप्ताअघिदेखि नै अदुवाको सेवन गर्नुहुँदैन । किनभने अदुवाको सेवन गर्नाले रगत पातलो हुन्छ । जुन सामान्य स्थितिमा शरीरको लागि ठिक होइन । सर्जरीको समयमा अदुवाको सेवन गर्नाले तपाईंको शरीरबाट बढी मात्रामा रगत बग्न सक्छ ।

दुब्लो मानिसका लागि

दुब्लो व्यक्तिको लागि अदुवाको सेवन हानिकारक हुन्छ । किनभने अदुवामा फाइबर हुन्छ र यसले शरीरको पीएच लेवललाई बढाउँछ । जसले गर्दा खाना पचाउने एन्जाइम्स एक्टिवेट हुन्छ । यसले चिल्लो पदार्थलाई तीब्र गतिमा उत्पन्न गराउँछ र भोक कम लाग्छ, जसका कारण वजन कम हुन थाल्छ ।

रगत सम्बन्धी समस्या हुनेहरुका लागि

व्यक्तिमा रगत सम्बधी समस्या छ भने त्यस्ता व्यक्तिहरुले अदुवाको सेवन गर्नुहुँदैन । किनभने अदुवाको सेवनले रगत पातलो हुन्छ । यहि कारणले गर्दा केही व्यक्तिहरुलाई हल्का घाउ हुँदा पनि रगत धेरै बग्छ ।

प्रतिक्रिया दिनुहोस्