पत्रकार सुवेदी बलात्कार अभियोगमा पक्राउ

बुटवल — पछिल्लो समय नेपालमा बलात्कारको घट्ना बाक्लो रुपले सार्वजनिक हुन थालेको छ । त्यस्तै, रुपन्देहीमा १६ वर्षकी किशोरीलाई बलात्कार गरेको अभियोगमा पत्रकार शिव सुवेदी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक इन्स्पेक्टर कृष्ण रानाका अनुसार सुवेदीलाई गत आइतबार नै पक्राउ गरि अनुसन्धान गरिरहेको मोवाइलपाटीलाई जानकारी दिए ।

प्रहरीका अनुसार स्याङजा आलमदेवी–३ घर भई बुटवल बस्दै आएकी किशोरीले गत मंसिर ११ गते आफूमाथि बलात्कार गरेको भन्दै सुवेदीविरुद्ध उजुरी दिएकी थिइन् ।

पत्रकार सुवेदीलाई म्याद थप गरी अनुसन्धान गरिरहेको इन्स्पेक्टर कृष्ण रानाले बताए । निरिक्षक रानाले भने, ‘सोधपुछ अनुसन्धान गर्ने काम भइरहेको छ, बाँकी केही दिनभित्रै जानकारी दिन्छौँ’ ।पत्रकार सुवेदी नागरिक दैनिकको गुल्मी जिल्लाको संवाददाता हुन् ।

गत मंसिर १ देखि ३ गतेसम्म लुुम्बिनी सञ्चालित ‘लुम्बिनी न्यूज फेस्टिभल’मा उक्त बलात्कारको घटना भएको जनाइएको छ ।

किशोरी बलात्कारमा परेको भए पनि सुरुमा परिवारका कसैलाई भनिनन् । तर, हल्ला फिजियो र परिवारसम्म पुग्यो । परिवारकै सल्लाह अनुसार उनले गत ११ गते प्रहरीमा उजुरी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्