उल्टो मोटरसाईकल यात्री…

काठमाडौं — मार्क ट्वेनले भनेका छन् — ‘लडाईमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त केबल लड्ने क्षमताले राख्दछ ।’ मानिसको आ—आफ्नै सपनाहरु हुन्छ । सपनाको प्रकृति भने फरक होला ।
फरक प्रतिभा, फरक ब्यक्तित्व, फरक पहिचान र फरक बौद्धिक्ता — जसले राष्ट्र र समाजलाई सार्थक पहिचान दिलाउन सक्छ । दार्शनिकले त्यसै भनेका होईनन् — यदि तपाईसँग मिठो भोक र गहिरो निन्द्रा छ भने सम्झिनुहोस् तपाई सबैभन्दा धनि ब्यक्ति हो ।

यस्तै ब्यक्ति हुन् — खोटाङमा जन्मिएका २८ बर्षीय चित्र कुमार कार्की । उदयपुरमा कर्मथलो बनाएका कार्कीले उल्टो मोटरबाईक कुदाएर विश्व रेकर्डको प्रभाणपत्रसमेत हात पार्न सफल भएका छन् ।

उल्टो मोटरबाईक कुदाएरै मेचिदेखि महाकालीसम्मको यात्रा गरिसकेका कार्कीले नेपाल सरकारमार्फत युवा प्रतिभा पुरुस्कार, भारतको प्रशिद्ध नेशनल एक्सिलेन्ट पुरुस्कार २०१९ र विश्व कीर्तिमानको प्रमाणपत्र हात पारेका हुन् ।

आफु पढ्ने विद्यालय, क्याम्पसहरुमा उल्टो बाईक कुदाएर सबैलाई चकित पार्दै आएका कार्कीको कलाले अब अमेरिकन गट ट्यालेन्टसम्म पुग्ने लक्ष्य लिएको छ ।

बाँकी रिपोर्ट भिडियोमा हेर्नुहोला …

प्रतिक्रिया दिनुहोस्