प्रेरणादायी ऋषिराम: झमकलाई आईडल मान्छन्

काठमाडौं — ऋषिराम कँडेल । कक्षा कोठाभित्रको एउटा काठमा बसेर खुट्टाका दुई औँलाले उज्यालो भबिष्य कोरिरहेका छन् । यी दुई औँलाले यस्तो लेख्छन्, जुन लेखाई तपाई हाम्रो भन्दा पनि सुन्दर छ ।

जीबनमा दृढ ईच्छा शक्ति हुने हो भने शारिरिक अपाङ्गगताले विचारको बहाभ र लक्ष्यलाई रोक्न नसक्ने सत्यको साक्षि हुन् रिशिराम पनि ।
उज्यालो लक्ष्य बुनिरहेकाहरुका लागि रिशिराम एक प्रेरणाको श्रोत हुन् ।

गुल्मि छत्रकोट गाउँपालिका ४ स्थित श्रृङ्गा जनता उच्च माविको कक्षा ६ मा अध्ययनरत १४ बर्षीय रिशिराम पढाई सँगसँगै अन्य क्रियाकलापमा पनि अब्बल छन् ।

लक्ष्मण कँडेल र शान्ता कँडेलका एक्लो सन्तान् हुन् रिशिराम । शृङ्गा रक्सेमा २०५० साल चैत्र २० गत्ते जन्मिएका रिशिरामसँग हात छ, खुट्टा छ । तर, चल्दैन ! चल्छ त केबल एउटा खुट्टाका दुई औँला मात्रै ।

उनका बुबा लक्ष्मण भन्छन् — ‘छोरा जब ठुलो हुँदै गयो उनको हात खुट्टाहरु अधुवाको चाका जस्तो हुन थाल्यो । हामीले उनको उपचारको लागि कयौँ पटक ठुल—ठुलो अपरेशन गर्यौँ । धेरैपटक अस्पताल धायौँ, छोराको खुटहरु घुमेर तलको माथि आउने माथि गएर फर्किने जस्ता असरहरु देखिए, धन्न अपरेशनपछि उनले एउटा खुट्टाले मात्रै भए पनि बसेर कलम चलाउने भए ।’
उनले भने — ‘हामी धेरै खुशि छौँ, अहिले उनको पढाई राम्रो छ, उनले जति पढ्छ हामी पढाउन तयार छौँ ।’
पेशाले किशान रहेका लक्ष्मणले नै छोरा रिशिरामलाई विद्यालय पुर्याउने र ल्याउने गरिरहेका छन् ।


भिडियो रिपोर्ट…

प्रतिक्रिया दिनुहोस्