लैङ्गिकमैत्री यु-ट्युब: प्रविधिजन्य हिंसा अबको सबैभन्दा ठुलो हिंसा !

काठमाडौं — सामाजिक संजाल जसले संसार भरिका विविध पक्षसँग जोडिएका कयौं पाटाहरुलाई हेर्ने, बुझ्ने, र उपयोग गर्न सहज गरिदिएको छ । प्रविधिको विकाससँगै सहज पहुँच र विस्तारका कारणले मानिसको जीवनशैलीलाई सहज त बनायो तर, यसले समाजमा नकारात्मक असर पारेको पनि थुप्रै उदाहरणहरु छन् ।
यसै सन्दर्भमा नेपाली महिला पत्रकारहरुको साझा संस्था संचारिका समुहले आतईबार राजधानीमा ‘लैङ्गिकमैत्री यु—ट्युब’ विषयक अन्तरक्रिया कार्यक्रमका आयोजना गरेको छ । यू–ट्युब संचालक, प्रस्तोता, पत्रकार, अधिकारकर्मी बीच यू–ट्युब लैंगिकमैत्री नहुदा त्यसले पारेको असर विषयमा नेपाल दूरसंचार प्राधिकरणको सहयोगमा संचारिका समूहले पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको थियो ।
सुचना र सन्देश सम्प्रेषणमा मात्रै होईन, विचार र अनुभुति तत्काल प्रकाशन, टिप्पणीका लागि फेसबुक, ट्वीटर र युटुब लगायतका माध्यमले खेलेको सकारात्मक भुमिकासँगै समाजमा नकारात्मक असर पनि हुन थालेको भन्दै युटुब सञ्चालकहरुका लागि उक्त कार्यक्रमको अयोजना गरिएको थियो ।

कार्यक्रममा बक्ताहरुले महिलाहरुमाथि हुने प्रविधिजन्य हिंसाले भयानक रुप लिईरहेको बताएका छन् । संचारिका समुहको पुर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार बबिता बस्नेतले प्रविधिजन्य हिंसा अबको सबैभन्दा ठुलोे हिंसा हुने बताईन् ।कार्यक्रममा बोल्दै उनले भनिन् — ‘हामी सबैको हात-हातमा मोवाईल छ, विश्वको राम्रो नराम्रो संसार देखाउने हाम्रै हातमा भएको त्यस्तो हतियार जसले हामीलाई आधा मुर्झन मार्न र मारिदिन पनि सक्छ ।’ पछिल्लो केहि बर्षदेखि हामीले नराम्रो कुराहरु गरेर कसैको करिअरलाई खतम पनि बनाईदिन सक्ने प्रविधिजन्य हिंसा हो, यसले डरलाग्दो रुप लिईरहेको बताईन् । यु—ट्युवमा राम्रो कुराहरु आएसँगै सामाजमा यसले नराम्रो कुराहरुको माहौल पनि सिर्जना गरिरहेको बताउँदै उनले भनिन् — ‘केहि युटुबरहरुले समाजमा कसैको ब्यक्तिगत घट्नालाई लिएर नानाथरिका भिडियो रिपोर्ट बनाई हाल्ने प्रविधिले भोलि समाजमा भयानक रुप लिने देख्दैछु ।’ उनले भनिन् — ‘हामी लाईभ मर्न पनि तयार भईसकेका छौँ ।’ यो निकै खतरापुर्ण संकेत रहेकोले यसले भबिष्यमा नराम्रो संकेत गरेको उनको भनाई छ ।
युट्युबमा आउनै नपर्ने घटनाहरु आईरहेकाले सोसल मिडिया चलाउने संचालकहरुले समाजमा कस्ता खालका कन्टेनहरु दिदैछौँ यसमा ध्यान नदिए नेपाली समाजमा निकै नै खतरा आउने संकेत गरिन् । त्यस्तै, सुचना आयोगका आयुक्त यशोदा तिमिल्सिनाले कार्यक्रममा लैङ्गिक्तामा आधारित, हिंसा प्रविधिजन्य हिंसा लगायत संविधानमा जारी भएका मौलिक हक कार्यान्वयन गर्न बनेको एैनको विषयमा प्रष्ट पारेका थिए । कार्यक्रमका प्रमुख अतिथी नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ईन्टरनेट जान्नेहरुको लागि कुनै पनि बन्द ढोका नभई खुल्ला किताब रहेको बताए । ईन्टरनेटलाई रोकेर नरोकिने यसलाई जुनसुकै बेला जान्नेहरुले हेर्न र चलाउन सक्ने बताए । उनले भने — ‘हामी ईन्टरनेटको दुनियामा यति धेरै अप्राकृतिक बन्दैछौँ ताकि छेउमा बसेको मान्छेसँग पनि टाढा हुँदै गएका छौँ ।’ हामीले आफ्ना सन्तानलाई के सिकाउने त्यो तपाई हाम्रै हातमा रहेको भन्दै उनले भने — हामी आफ्नो घरमा प्राकृतिक हुन सिकौँ । सञ्चारिक समुहकी उपाध्यक्ष कमला पन्थीको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ कबि एवं सञ्चारिका महासिचव बिमला तुम्खेवाले सञ्चालन गरेकी थिईन् । कार्यक्रममा दर्जनौं पत्रकार, युटुब सञ्चालकहरुको उपस्थित रहेको थियो ।   

कार्यक्रमको भिडियो रिपोर्ट 

प्रतिक्रिया दिनुहोस्