लगन: भुसुक्कै हामी झुलेछ कपाल आधै फुलेछ !


गजल लगनको…

थाहै नदिई लगन गाँठो
पैँतिस बर्ष नागेछ ।
ओरालो को पानी सरी
कती छिटो बगेछ ॥
अतीतका तस्बिर सँग
भुसुक्कै हामी झुलेछ ।
दर्पणले व्युँझाई हेर्दा
कपाल आधै फुलेछ ॥
प्राकृतिले मानवलाई
अन्याय अति नै गरेछ ।
मन चै जवान छाडेर
तन त भुसुक्कै पारेछ ॥
थाहै नदिई लगन गाँठो
पैँतिस बर्ष नागेछ…

संसारिक नियम भन्छ
चित्त नबुझाई धर छैन ।
क्षणिक भयो जिन्दगी यो
आज की भोलि भर छैन ॥
खच्किएको ममतालाई
अतीतले भर्नु छ ।
प्रेम बिबाहा उत्तम ठान्ने
सन्देश पनि छर्नु छ ॥
थाहै नदिई लगन गाँठो
पैंतिस बर्ष नागेछ…

सुख दुःख जीवनको
समीकरण गर्नु छ ।
अतीतका बाचा बन्धन
नवीकरण गर्नु छ ॥
हरपल माया प्रेम हेर
ताजै बनाई राख्नु छ ।
दुःख कष्ट बिर्सिएर
हाँसी खुशी बाँच्नु छ ॥
थाहै नदिई लगन गाँठो
पैंतिस वर्ष नागेछ ।
ओरालो को पानी सरी
कती छिटो बगेछ ॥

ज्ञान बहादुर लामा ‘दोङ’

प्रतिक्रिया दिनुहोस्