पवन चाम्लिङ काठमाडौंमा, नेपालकै सर्वाधिक प्राचीन संवत् ५०८० सुरु

काठमाडौं — सिक्किमका पूर्व-मुख्यमन्त्री पवन चाम्लिङ काठमाडौंमा आईपुगेका छन् । नेपालकै सर्वाधिक प्राचीन ‘किरात येले संवत्’ माघ १ गतेदेखि किरात समुदायको नर्या बर्ष अर्थात एलेदोङ ५०८० सुरु हुँदैछ ।‘किरात येले संवत्’ ५०८० को अवसरमा किरात राई यायोक्खाले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङलाई भब्य कार्यक्रमको आयोजना गरी ‘यलम्बर हाङ स्मृति सम्मान पुरस्कार–५०८०’ प्रदान गर्ने भएको छ । उक्त कार्यक्रमको लागि सिक्किममा २५ बर्ष शासन गरेर त्यहाका जनताको मनमा बस्न सफल पूर्व-मुख्यमन्त्री डा. पवन चाम्लिङ सोमबार काठमाडौं आईपुगेका हुन् ।काठमाडौंको राष्ट्रिय सभा गृहमा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईलाई २ लाख २२ हजार २२२ राशीसहितको ‘यलम्बर हाङ स्मृति सम्मान पुरस्कार–५०८०’ प्रदान गर्ने किरात राई यायोक्खाको अध्यक्ष दिवस राईले मोवाईलपाटीलाई जानकारी दिए । उक्त पुरस्कार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको हातबाट प्रदान गर्ने बताइएको छ ।नेपालकै एैतिहासिक प्राचिन नर्या बर्ष ‘किरात येले संवत्’ ५०८० को अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा विशेष किराँती समुदाय लगायत सम्पुर्ण समुदायलाई पनि कार्यत्रक्रममा सहभागी भाईदिन यायोक्खाले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्