क्यान्सर: विश्व मानव स्वास्थ्यकै खतरा-कसरी लाग्छ ?

काठमाडौं –  बर्तमान विश्वमा मानव स्वास्थ्यसँग गासिएको सबैभन्दा ठूलो समस्या नै क्यान्सर जोडिएर आएको छ । क्यान्सर लाग्नबाट कसरी जोगिने यदि क्यान्सर लागि हाले भने पनि क्यान्सरको उपचारमा कसरी ध्यान दिने भन्ने मुख्य कुराहरुलाई ख्याल गर्नु नै पर्ने हुन्छ । ४ फेब्रुअरीलाई विश्वभरी क्यान्सर दिवसका रुपमा मनाईदै आईरहेको छ ।

क्यान्सर जुनसुकै कारणले पनि हुनसक्छ । क्यान्सर शरीरमा चाहिने भन्दा बढी मासु पलाएमा हुनसक्छ । कतिसम्म भने धुवाधुलो प्रदुषण लगायतको सुर्यको विकिरणले पनि क्यान्सर हुनसक्छ । त्यस्तै, शरीरको प्रतिरोधी क्षमताले यी कुरालाई कति पचाउन सक्छ, त्यसले पनि क्यान्सर रोगको निर्धारण गर्छ ।

तथापी, केही यस्ता कुराहरु छन्, जसलाई क्यान्सर हुनुको प्रमुख कारण मानिन्छ । अक्सिजन : क्यान्सर विभिन्न कारणले हुन्छ, जसका कारण शरीरमा क्यान्सर हुनसक्छ । जस्तै कि अक्सिजन । अक्सिजनको अभावमा हामी जिवित रहन सक्दैनौ । तर शरीरमा प्रmी रेडिकल्सको रुपमा रहेको अक्सिजन पनि क्यान्सरको प्रमुख कारक हुनसक्छ ।


उमेर : धेरैजसो मानिसमा ६५ वर्षको उमेर पछि क्यान्सर हुने गर्छ । यसको कारण के हो भने जति जति हाम्रो उमेर बढ्दै जान्छ, त्यति त्यति शरीरको स्वस्थ कोशिकाको पुन निर्माण हुने प्रक्रिया नष्ट हुनथाल्छ । जसले गर्दा शरीरमा क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।

शारीरिक गतिविधिको कमी : अवस्थ खानपान, व्यायामको कमी तथा अनियन्त्रित तौका कारण पनि मानिसहरु विभिन्न किसिमका क्यान्सरको जोखिममा रहने गर्छन् ।

अणुवंशिक कारण : परिवारमा कसैलाई क्यान्सर छ भने त्यस्ता व्यक्तिबाट जन्मने बच्चालाई पनि क्यान्सर हुने सम्भावना उच्च हुन्छ । विशेषगरी, स्तन क्यान्सर, मेलानोमा, अण्डासयको क्यान्सर, प्रोस्टेट तथा आन्द्राको क्यान्सर पनि एक पिढीबाट अर्कोमा सजिलै सर्न सक्छ । यसको मतलव यो पनि हैन की यदी माता पितामध्य कसैलाई क्यान्सर लागेको छ भने तपाईलाई पनि क्यान्सर हुन्छ ।

हर्मोन : कयौ पटक कुनै हर्मोनको असन्तुलन भएमा पनि क्यान्सर हुने गर्छ । विभिन्न शोधहरुले जनाए अनुसार आजकल महिलाहरु विभिन्न किसिमका हर्मोन थेरापीका क्रममा एस्ट्रोजेन नामक हर्मोन लिने गर्छन् जसले गर्दा उनीहरुमा क्यान्सरको जोखिम उच्च हुन्छ गर्छ । त्यस्तै, गर्भनिरोधक चक्कीको सेवन गर्नेहरुमा पनि क्यान्सरको जोखिम उच्च हुने विभिन्न अध्ययन अनुसन्धानहरुले जनाएको छ । शरीरको सबैभन्दा सानो इकाइ (Unit) कोशिका (Cell) हो । एउटा मानव शरीर अर्बौ कोशिकाले बनेको हुन्छ । क्यान्सर यिनै कोशिकामा हुने गडबडी अथवा समस्या हो ।

सुर्तीजन्य पदार्थ : क्यान्सरका कारण मृत्यु हुनेमध्ये धुमपान तेस्रो नम्बरमा रहेको छ । धुमपान बाहेक सुर्तीजन्य पर्दाथलाई अन्य तरीकाले प्रयोग गर्नु पनि मुखको क्यान्सर सबैभन्दा ठूलो कारण मानिन्छ ।

विकिरण : जमीन तथा वातावरणमा रहेको कस्मिक किरण विकिरणले प्रमुख कारक मानिन्छ । रेडन ग्यास, रेडिएटिभ स्राव, एक्स रे परमाणु हतियारबाट निस्कने गर्छ । यस्ता विकिरणले कोशिकालाई हानी पुर्‍याउने गर्छ । र, क्यान्सरको जोखिम निम्त्याउँछ । न्युक्लियर पावर प्लाट वरिपरि वस्ने तथा त्यसमा काम गर्ने मानिसलाई पनि यस प्रकारको विकिरणले हानी गर्न सक्छ ।

प्रदुषण: प्रदुषण पनि क्यान्सरको मुख्य कारण हो । वायु प्रदुषणका कारण हामी प्रत्येक दिन कयौ तत्वको सम्पर्कमा आउने गछौ, जसले फोक्सोको क्यान्सरको समस्या निम्त्याउने गर्छ ।

मदिरा : मदिरा आफैमा क्यान्सरको एउटा ठूलो कारक हो । मदिराको साथमा धुमपानको सेवन गर्नेहरुमा क्यान्सरका साथै अन्य रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ । मदिराकै कारण मुख, घाँटी, अन्ननली, भोकल कर्ड, कलेजो तथा स्तन क्यान्सरको जोखिम उच्च हुन्छ ।

भाइरस तथा व्याक्टेरिया : विभिन्न प्रकारका भाइरस तथा व्याक्टेरियाले पनि क्यान्सरको जोखिम उच्च पार्छ । जसमा ह्युम पापिलोमा भाइरस, एचआईभी तथा अन्य भाइरस तथा केही अन्य व्याक्टेरिया पर्दछन् ।

औषधी : क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापीको प्रयोगले पनि क्यान्सर हुने खतरा उच्च हुन्छ । त्यस्तै, शरीरको प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधीहरुको प्रयोगले पनि क्यान्सरको जोखिम बढाउने गर्छ । यस्ता औषधीको प्रयोग लिम्फोमा ९ग्रन्थीको क्यान्सर० हुने सम्भावना उच्च हुन्छ ।


आहार : विभिन्न शोधहरुले जनाए अनुसार रेडमिड, प्रोसेस्ड मिट, नुन हालेर राखिएको मासु अत्याधिक सेवन गर्नेहरुमा पेट, आन्द्रा, पाठेघर ता प्रोस्टेट क्यान्सरको जोखिम उच्च हुन्छ ।

क्यान्सर उपचारमा प्रविधी तरिका 

 नयाँ प्रविधीमा के विशेष छ ?

वास्तवमा यो प्रविधीमार्फत ट्युमरको नमुनालाई सुक्ष्म ढङ्गले अनुसन्धान गर्न सकिनेछ । यसमार्फत क्यान्सरको कोसिकालाई हरेक तरिकाले परीक्षण गर्न सकिने र त्यसको म्यापिङ गर्न सकिने भएकाले यो प्रविधि यसकारण पनि फाइदाजनक साबित हुनेछ ।

अनुसन्धानकर्ताका अनुसार यसको मद्दतले क्यान्सरको जटिलतालाई थप उत्कृष्ट तरिकाले बुझ्न सहयोग हुनेछ । क्यान्सरको जटिलता बुझेपछि यससँग जोडिएका उपचार पनि खोजी गर्न सकिनेछ ।

यो प्रोजेक्ट एक अन्तर्राष्ट्रिय अनुसन्धानको हिस्सा हो ।

यसलाई कसरी तयार गरियो ?

– अनुसन्धानकर्ताले यो प्रविधि विकासका लागि स्तन क्यान्सरको एक मिलिमिटर टुक्रा लिए । यसमा लगभग एक लाख कोसिका थिए ।

– यसलाई पातलो पत्रमा काटियो र स्क्यान गरियो । त्यसपछि डीएनए परीक्षणका लागि त्यसमा निशाना बनाइए ।

– भर्चुअल रियालिटीको प्रयोगबाट ट्युमरलाई पुनः बनाइयो ।

– थ्रीडी ट्युमरको विश्लेषण भर्चुअल रियालिटी प्रयोगशालामा हुनसक्छ ।

– भीआर सिस्टममार्फत ट्युमरलाई जहाँ पनि पठाउन सकिन्छ ।

क्यान्सर रिसर्च युके क्याम्ब्रिज इन्स्टिच्युट (सिआरयुके) का निर्देशक प्राध्यापक ग्रेग हेननले बीबीसीलाई भने, ‘यसअघि कसैले पनि यति सुक्ष्म तरिकाले ट्युमरको परीक्षण गरेका छैनन् । कुनै पनि क्यान्सरको उपचारमा यो एक बिल्कुलै नयाँ र आधुनिक तरिका हो ।’

‘भर्चुअल ट्युमर’ प्रोजेक्ट सिआरयुकेको ग्रान्ड च्यालेन्जको हिस्सा हो ।

सिआर यूकेकी प्रमुख वैज्ञानिक प्राध्यापक केरन वुस्डन लण्डनमा फ्रान्सेली क्रिक इन्स्टिच्युटमा प्रयोगशाला चलाउँछिन् । यहाँ कुनै विशेष जीनले क्यान्सरबाट बचाउनमा कसरी मद्दत गर्छ भन्ने कुरा परीक्षण गरिन्छ ।


उनले बीबीसीलाई भनिन्, ‘यदि हामी नयाँ तरिकाको खोजी गरिरहेका छौं भने क्यान्सर कोसिकाले एक–अर्कासँग कस्तो व्यवहार गर्छ भन्ने कुरा बुझ्न आवश्यक छ ।’ उनी थप्छिन्, ‘टुडी भर्सन हामी पनि प्रयोग गर्छौं । त्यसको तुलनामा थ्रीडी सिस्टम निकै उत्कृष्ट छ ।’एजेन्सी

प्रतिक्रिया दिनुहोस्