राजेश पायलको क्रेजः रातको १२ बजेसम्म वान्समोर, लागुऔषध विरुद्ध उत्रिए कलाकार

काठमाडौं — मेघास्टार लोकप्रिय गायक राजेशपायल राईलाई धेरैजसो भ्याईनभ्याई नै हुन्छ । प्रायजसो विदेशकै कन्सर्टहरुमा ब्यस्त हुने पायल यतिबेला भने नेपालको कन्सर्टहरुमा ब्यस्त छन् । पुर्वका विभिन्न जिल्लामा आयोजित कन्सर्टमा पुगेका पायलले गत बुधबार मोरङ्गको बेलबारिस्थित नलबारीमा दर्शकलाई जुरुक्कै उचालेका छन् ।‘भ्रमण बर्ष २०२०’ लाई लक्षित गर्दै मोरङ्गको नलबारी चौकमा आयोजित ‘पिस लाईभ म्युजिकल कन्सर्ट’मा सयौँ दर्शकमाझ पायल पनि गीतसँगै झुमे । (Say No To Drugs) ‘से नो टु ड्रक्स’ भन्ने मुलनाराका साथ स्थानीय शान्ति युवा समुहले आयोजना गरेको कार्यक्रममा घण्टौ गीत गाएर राईले दर्शकलाई जुरुक्कै उचालेका थिए । करिब रातको १२ बज्नै लाग्दासमेत राजेश पायललाई वान्समोर गरेर दर्शकले गीत गाउन आग्रह गरिरहेका थिए ।  कार्यक्रममा हास्य कलाकार उमेश राई ‘फुन्लदेको आमा’ले पनि दर्शकलाई हसाउनु हसाए । उनले आफ्नो नृत्य समेत प्रस्तुत गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिए । त्यस्तै गायक शेरा थामीले दर्शकलाई जुरुक्कै उचाले ।शेराले पप डान्स खालको थुप्रै गीत गाएका थिए । गायक तथा सँगीतकार विनोद खम्बुको आफ्नै जन्मथलो रहेको सो ठाउँमा निकै खुशि ब्यक्त गर्दै दर्शकलाई आफ्नो लोकप्रिय गीतहरु पस्केका थिए । आफुलाई ‘भर्जिन गायक’ भनेर बताउने खम्बुले पनि दर्शकलाई निकै उफारे ।
त्यस्तै, गायक रेवत राईले पनि आफ्नो लोकप्रिय गीतमार्फत दर्शकको मन जित्न सफल भए । त्यस्तै गायक सञ्जिब धिमालले पनि दर्शकलाई निकै झुमाएका थिए । मोडल माया थामी र मनिता राईले पनि आफ्नो नृत्यमार्फत दर्शकलाई जुरुक्कै बनाए । कार्यक्रममा स्थानीय प्रचारप्रसार प्रर्वद्धन तथा सम्बर्द्धन गर्न विभिन्न जातीय समुदायको सांस्कृतिक नृत्यहरुसमेत प्रर्दशन गरिएको थियो । औपचारिक कार्यक्रम संस्थाको सचिव अजित धिमालले सञ्चाल गरेका थिए भने मनोरञ्जनात्मक कार्यक्रमलाई सञ्जु राई र शान्ति पाख्रिनले उद्घोषणकला मार्फत दर्शकलाई मनमोहक बनाएका थिईन् । लागुपदार्थ दुर्व्यशनीविरुद्ध सचेतना जगाउने उदेश्यले आयोजित कार्यक्रम धिरोज श्रेष्ठको अध्यक्षतामा भएको थियो । उद्घाटन सत्रको प्रमुख अतिथी जिसस मोरङ प्रमुख नरेश प्रसाद पोखरेल, अतिथी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारी, शिवनाथ धिमाल, नगेन्द्र खड्का, राजन पोखरेल, तिलक राई, पिपि थापामगर, केदार धिमाल, भिम लामा, प्रेम बान्तवा, प्रकाश राई, लक्ष्मी चौधरी, शालिकराम बस्नेत, तिर्थ आचार्य, दुर्गा बहादुर धिमाल, भरत बहादुर धिमाल लगायत रहेका थिए ।कार्यक्रममा उनीहरुले भ्रमण बर्ष २०२० र लागुपदार्थ दुव्र्यशनीविरुद्ध सचेतना कसरी गर्न सकिन्छ भन्ने विषयमा आ-आफ्नो भनाई राखेका थिए । शान्ति युवा समुहलाई कार्यक्रममा गायक राजेश पायल राईले रु. ५० हजार सहयोग गरेका छन् । संस्थाले समाजमा सन्देशमुलक कामहरु गर्दै आईरहेको र पछिल्लो समय लागुऔषध दुव्र्यशनीविरुद्ध सचेतना गरिरहेको भन्दै, गायक शेरा थामी, विनोद खम्बु, रेवत राई, हास्य कलाकार फुलन्देको आमा उमेश राई, मोडल माया थामी, मनिता राईले पनि केहि रकम सहयोग गरेका छन् ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु भिम लामा, प्रेम बान्तवा, डिल्लि खुलाल, दुर्गा बहादुर धिमाल, भरत बहादुर धिमाल र प्रकाश राईलाई कदरपत्रले सम्मानित गरिएको थियो । त्यस्तै संस्थाले जिल्ला प्रहरी कार्यालय मोरङ्गलाई सम्मानपत्रले सम्मान गरेको थियो । भने कलाकारहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।
हेर्नुहोस् कार्यक्रमको कहि तस्विरहरु :
    

 

     

 

 

प्रतिक्रिया दिनुहोस्