जीवनको एउटा महत्व कुरा: खुशि कसरी हुने ?

हामी किन सफल हुन खोज्छौं, किन धन आर्जन गर्ने चाहना राख्छौं, किन लोकप्रिय हुने प्रयास गर्छौ, किन नाम कमाउन चाहन्छौं, किन मिठो मसिनो खान खोज्छौ, किन रमाइलो गर्न मन गर्छौ ?

यी सबै प्रश्नको एकमुष्ठ जवाफ हो, खुसी हुनका लागि । आखिर हामी जे जति काम गर्छौ, ति सबैको सार हो, खुसी । मिठो खाएर होस्, नाचगान गरेर होस्, प्रतियोगिता जितेर होस्, सुविधा भोग गरेरै होस् हामीले खुसी खोजिरहेका हुन्छौ ।

घतलाग्दो त के भने, त्यो खुसी हामीभित्रै छ । तर, आफैभित्रको खुसी पनि हाम्रो निम्ति दुर्लभ छ । चाहेर पनि हामी खुसी हुन सकिरहेका हुँदैनौ । हामी किन हरबखत खुसी वा प्रशन्न रहन सक्दैनौ ?

अध्ययनहरुले भन्छ, भौतिक जरुरत, इच्छा वा सफलताको अपेक्षा, जीवनको सम्बन्धमा आफ्नो दृष्टिकोण, आफ्नो इष्टमित्र, आफन्त र नातेदारको गुणवत्ता जस्ता कुरामा खुसी निर्भर रहन्छ । खुसी हुनु स्वास्थ्यका लागि फाइदाजनक हो । तर, कसरी खुसी हुने ?


मानसिकता बदलौं:
मानविय गुण वा प्रवृत्ति के हुन्छ भने, राम्रो कुरा चाडै भुल्ने र नराम्रो कुरालाई लामो समयसम्म याद गर्ने । अहिले एउटा प्रक्रिया छ, जसलाई न्यूरोप्लास्टिसिटी भनिन्छ, यस अन्र्तगत हाम्रो मस्तिष्कको सोच्ने शैली बदलिन्छ । हाम्रो दिमागलाई खुसी रहन सिकाउँछ ।

–     आशावादी रहनुपर्छ । आशावादी रहँदा आफ्नो शरीरमा कुनै किसिमले शरीरलाई प्रभावित बनाउन सक्छ । आफ्नो वर्तमानमा केन्दि्रत हुनुपर्छ, जसबाट आफु स्वंम र अर्कालाई धेरै खुसी दिन सकौं ।

–     ध्यान लगाउनुपर्छ । जस्तो कि, प्राणाया, योगा वा कुनै आध्यात्मिक कार्यले हाम्रो दिमागको कुनै एक भागलाई प्रभावित गर्छ । यसले हाम्रो सोचाई र भोगाईलाई विकसित गर्छ, जो खुसी जिन्दगीको लागि आवश्यक छ ।

–     सानोतिनो कुरालाई पनि परिपक्क वा अनुभवी हिसावले ग्रहण गरौ । यदि दिमागलाई खुसी राख्ने हो भने, यो राम्रो तरिका हो । आफुलाई जे कुराले खुसी बनाउँछ, त्यसैलाई मनमा लिनुपर्छ ।

–     दिनभर जे जति आनन्ददायक घटना घट्छ, त्यसलाई मनमै संग्रह गरौं । एउटा डायरी बनाएर त्यस्ता कुरा पनि लेख्न सकिन्छ । मानौ, हामीले आज मिठो ब्रेकफास्ट गर्‍यौ, कुनै साथीले घतलाग्दो कुरा गरे, कतैबाट अप्रत्यासित खुसी तुल्याउने फोन आयो, कसैले प्रेमपूर्वक व्यवहार गर्‍यो । दिनभर घट्ने यस्तै सुखद पलहरुलाई मनमा संग्रह गरौ ।

–     आफुसँग जे चिज छ, त्यसका लागि गहिराईबाट कृतज्ञता महसुष गरौ । आफुसँग जे छ, त्यसैमा कृतज्ञ रहने अभ्यास गरौं । यसले जीवनमा अधिक सन्तुष्ट प्राप्त हुन्छ ।

–     दृष्टिकोण पनि बदल्नुपर्छ । जस्तो कि, कुनै आधा भरिएको गिलास छ । त्यसलाई ‘आधा खाली गिलास’ भनेर नहेरौं । बरु ‘आधा भरिएको गिलास’ भनेर हेरौं । दिमागलाई यसरी एडजस्ट गरौ कि, हरेक चिजलाई राम्रो पाटोबाट देख्न सकियोस् ।

–     यो कुरा बुझौ कि, मोजमस्ती गर्नु खुसी हुनु होइन । मोजमस्तीबाट प्राप्त खुसी क्षणिक हुन्छ । हामीले टिकाउयुक्त खुसी खोज्नुपर्छ ।

–     आफुमा यस्तो गुण विकास गरौं, जसले सधै खुसी दिलाउन सक्छ । जस्तो कि, अरुप्रति कृतज्ञ हुन सिकौं । विनम्र, विनयी, सकारात्मक, दयालु जस्ता गुणले खुसी दिलाउँछ । रिस, अहंकार, दम्भ, प्रतिसोधको भावनाले खुसी टिक्न दिदैन ।

–     आफ्नो मूलभूत आवश्यक्ता पुरा गरौं । खान, बस्न, घुमफिर गर्न, रमाइलो गर्न, चाडपर्व मनाउन आदिका लागि सक्षम हुनुपर्छ । पैसाले खुसी दिदैन । तर, यसले त्यो भौतिक आवश्यक्तालाई पुरा गरिदिन्छ, जो खुसीको माध्याम बन्न सक्छ ।

–     स्वस्थ्य रहनुपर्छ । खुसी हुनु भनेको मानसिक कुरा हो । तर, यसमा शारीरिक अवस्थाले पनि प्रभाव पार्छ । शारीरिक रुपमा स्वस्थ्य, तन्दुरुस्त भइयो भने नै खुसी अनुभूत गरिने हो । यसर्थ व्यायाम गरौं, सन्तुलित खानपान गरौ, योग गरौं, सक्रिय जीवनशैली अपनाऔं ।

हामीले आज मिठो ब्रेकफास्ट गर्‍यौ, कुनै साथीले घतलाग्दो कुरा गरे, कतैबाट अप्रत्यासित खुसी तुल्याउने फोन आयो, कसैले प्रेमपूर्वक व्यवहार गर्‍यो । दिनभर घट्ने यस्तै सुखद पलहरुलाई मनमा संग्रह गरौं ।

–     श्रममा विश्वास गरौं । हामी त्यहीबेला दुखी हुन्छांै, जब सोचेको पुरा हुँदैन । सोचेको कुरा त्यही अवस्थामा पुरा हुँदैन, जब हामी सहि ढंगले त्यसका लागि श्रम गर्दैनौ । मिहेनत गर्दैनौ । भनिन्छ, हरेक समस्याको समाधान हो श्रम । सकारत्मक र सार्थक श्रम गरौं, जसले जीवनमा सन्तुष्ट प्राप्त गर्न सकियोस् ।

–     असल साथीहरु बनाउनुपर्छ । यस्ता साथी जसले आफ्नो सुख, दुखमा साथ दिन्छ । आफ्नो सफलतामा रमाउन आउँछ र विफलतामा ढाडस दिन आउँछ । त्यस्ता साथीभाईको संगतले पनि जीवनमा खुसी दिलाउँछ ।

–     करुणामय रहनुपर्छ । अरुमाथि दया राख्नुपर्छ । प्रेमभाव राख्नुपर्छ । कुनै दुखी, गरिब, असाह्य, असक्षमलाई हार्दिक मनले सहयोग गरौं । यस किसिमको सहयोगी भावनाले खुसी दिलाउँछ ।

–     मुस्कुराउन सिकौं । हामी खुसी हौ वा दुखी । तर, हरेक समयमा मुस्कुराउनुपर्छ ।

–     क्षमा गर्न सिकौं । अरुले कुनै गल्ती गरेको छ वा आफुलाई असर गरेको छ भने सधै त्यसको तुष बोकेर हिँड्नु हुँदैन । बरु, त्यस्ता गल्तीमा माफी दिनुपर्छ । यसले गर्दा मनमा विकार रहँदैन । खुसी भइन्छ ।अनलाईनखबरबाट

कसरी खुशी रहने ?
१. आशावादी रहनुपर्छ
२. सकारात्मक दृष्टिकोण बनाउनुपर्छ
३. आधारभूत आवश्यक्ता पुरा गरौं
४. क्षमा गर्न सिकौ
५. अरुप्रति कृतज्ञ रहन सिकौं
६. असल साथीहरु बनाऔं
७. स्वस्थ्य र तन्दुरुस्त रहन सिकौं

प्रतिक्रिया दिनुहोस्