मृत आत्मा हो ‘कोरोना’ : ज्ञान बहादुर लामा

‘भाइरस कोरोना’ 

केहो भन्छौं भाइरस कोरोन

यमराजनै होकी भन्छौं कोरोन ।
हैन, धार्मिक दृष्टिले हेर्यौ भने
दैवी शक्ति हो भाइरस कोरोना ।

निर्दोष पशु पंक्षीहरुको
मृत आत्मा हो कोरोना ।
मानवको क्रुर अहंकारको
फल हो भाइरस कोरोना ॥

हत्य हिँग्स र कु-संस्कारको
परिणाम हो भाइरस कोरोना ।
मानवीय अन्याय,अत्याचारको
साजय हो भाइरस कोरोना ॥

केहो भन्छौं भाइरस कोरोना
यमराजनै होकि भन्छौं कोरोना.

अपहेलित धरती माताको
श्राप हो भाइरस कोरोना ।
उजाड वनस्पतिहरूको
पाप हो भाइरस कोरोना ॥

बिकृति बिसंगति हटाउने
लजालु संस्कृति हो कोरोना ।
पुर्बीय संस्कार चिनाउने
एक धर्मा ग्रन्थ हो कोरोना ॥

केहो भन्छौं भाइरस कोरोना
यमराजनै होकी भन्छौं कोरोना..

बिध्वाँग्स कारी निर्दयी पनी
हैन भाइरस कोरोना ।
दयावान करुणामय पनी
छैन भाइरस कोरोना ॥

ॐ तारे तूतरे तूरे स्वाहा जप्दै
आमा ग्रिन तारालाई फकाउँ ।
हाम्रो पवित्रभूमि नेपाललाई
रक्षा गर्देऊ भनी शन्देश पठाउँ ॥

केहो भन्छौं भाइरस कोरोना
यमराजनै होकी भन्छौं कोरोना ।
हैन, धार्मिक दृष्टिले हेर्यौ भने
जगतमातै हो भाइरस कोरोना ॥

जय जगत माता……..

ज्ञान बहादुर लामा “दोङ”

प्रतिक्रिया दिनुहोस्