युट्युबमा हेर्नहोस् इरफान खानको शानदार अभिनय देख्न पाइने फिल्म

एकपछि अर्को हिट फिल्म दिइरहेका बेला अचानक इरफानको जिन्दगीमा अवरोध बनेर आयो, उनको स्वास्थ्य। सन् २०१८ जुनमा आफ्नो स्वास्थ्य स्थितिबारे ‘टाइम्स अफ इन्डिया’ सँग उनले भनेका थिए, ‘मलाई यस्तो अनुभव भइरहेको छ, मानौं म समुद्रमा तैरिरहेको ‘कर्क’ हुँ, जसको भविष्य समुद्रको छालमा निर्भर गर्छ। म समुद्रको छालसँग जुधेर आफ्नो गति नियन्त्रण गर्ने कोशिस गर्दैछु।’

यसपालि छाल यस्तरी उर्लियो, इरफानले आफ्नो जिन्दगी थामेर राख्न सकेनन्। हरेक चुनौती आँखा खोलेर सामना गर्ने इरफान मृत्युको चुनौतीमा भने पराजित भए।

बलिउडका अब्बल अभिनेता इरफान खानको बुधबार बिहान निधन भयो। ५३ वर्षीय इरफानको निधनले भारतीय मात्र होइन, संसारका धेरै देशका दर्शकलाई स्तब्ध बनायो। इरफान धेरै प्रशंसकका नजरमा उदाउँदा ुस्टारु थिए। टेलिश्रृंखलादेखि बलिउड—हलिउड फिल्म, जापानी मिनी–सिरिजसम्म उनले आफ्नो दमदार अभिनय देखाएर दर्शकको मन जिते।

उनलाई २०१८ मार्चमा न्यूरो–एन्डोक्राइन ट्यूमर भएको थियो। लामो समय बेलायतमा उपचार गराएर केही महिनाअघि मात्र भारत फर्केका थिए। गत साता ठूलो आन्द्रामा संक्रमण भएपछि मुम्बईको कोकिला वेन धिरुभाइ अम्बानी अस्पताल भर्ना भएका उनको बुधबार निधन भएको हो ।

हेरौँ इरफानका युट्युबमा उपलब्ध केही फिल्म जसमा उनको शानदार अभिनय देख्न पाइन्छ। लामो समय दुरदर्शनका टेलिभिजन शृंखलाहरूमा सानोतिनो भूमिका गरे। बलिउडमा उनको साख जमेको सन् २००० को प्रारम्भबाट हो।

त्यसयता उनले खेलेका फिल्म ‘हासिल’, ‘मकबूल’, ‘तलवार’, ‘पानसिंह तोमर’, ‘द लन्चबक्स’, ‘पिकू’, ‘हिन्दी मिडियम’ लगायतलाई दर्शक र समीक्षक दुवैले मन पराए। हलिउडमा भारतको प्रतिनिधित्व गर्ने अब्बल अभिनेता पनि इरफान नै हुन्।

उनले सन् २००८ को ओस्कार विजेता ‘स्लमडग मिलेनियर’ देखि ‘द अमेजिङ स्पाइडरम्यान’ (२०१२), ‘लाइफ अफ पाई’ (२०१२), ‘जुरासिक वर्ल्ड’ (२०१५) र ‘इन्फर्नो’ (२०१६) मा काम गरे। उनको अन्तिम फिल्म यसै वर्ष रिलिज भएको ‘अंग्रेजी मिडियम’ हो।

लन्च बक्स ९२०१३०, निर्देशकः रितेश बत्रा

लाईफ अफ पाई

लाइफ इन अ मेट्रो ९२००७०, निर्देशकः अनुराग बासु

पानसिंह तोमर ९२०१२०, निर्देशकः तिमांशु धुलिया

मकबूल ९२००३०, निर्देशकः विशाल भारद्वाज

मदारी ९२०१६०, निर्देशकः निशिकान्त कामत

 

जसले अन्तिम समयसम्म सङ्घर्ष गरे !

रहेनन् बलिउडका अभिनेता ऋषि कपूर

प्रतिक्रिया दिनुहोस्