रवि लामिछाने !

कविता : रवि लामिछाने !

अवसर पाएर पनी हे रवि
बनेनौ तर तिमी अमेरिकाने ।
बन्यौ सपूत नेपाल आमाको
आज छोरा रवि लामिछाने ॥

तिमी जस्तो सपूत पाउँदा
हर्षितछु म नेपाल आमा पनी ।
हर्कबढ़ाई छ गाँऊ बेसीमा
सत्तेको जित अब हुन्छ भनी ॥

दुःख पीडामा साथ दिने
तिम्रो त्यो उत्कृष्ट बाँनी ।
दिन दुःखीलाई न्याय दिने
हौ तिमी करुणाकै धनी ॥

अवसर पाएर पनी हे रवि
बनेनौ तर तिमी अमेरिकाने…

सबको दिलमा सजीयौ तिमी
सजीने छौ इतिहासमा पनी ।
कुलमान बने रातको चन्द्रा
हे रवि उदाउ तिमी सूर्य बनी ॥

अन्याय र अत्याचार छ हेर
घुसखोरी र बलात्कारी पनी ।
सम्झाऊ है रवि दुष्टहरुलाई
दूत भगवान बुद्धको बनी ॥

अवसर पाएर पनी हे रवि
बनेनौ तर तिमी अमेरिकाने…

जतागए पनी पाउदैन न्याय
रुन्छन सडकमा तिम्रो चेली ।
पुछ्देऊ है रवि आँसु सबको
फ्याँकि अन्याय सब उखली ॥

हिमाल पहाड अनि तराइका
छन जनता तिम्रै साथमा ।
हेर्देऊ है रवि एउटै नजरले
बिन भेदभाव कुनै जातमा ॥

अवसर पाएर पनी हे रवि
बनेनौ तर तिमी अमेरिकाने…

उत्तर दक्षिण चारै किल्ला
गर्देऊ है रवि मेरो रक्षा पनी ।
चड्दैछ कोही मेरो काखमा हेर
तर्साउ है रवि जङ्गबहादुर बनी ॥

लीपुलेक सुस्ता र कालापानी
तिम्रै हो लिम्पियाधुरा पनी ।
कुल्चिसक्यो आँचल मेरो त्यहाँ
हेर्देऊ है रवि बीर सपूत बनी ॥

अवसर पाएर पनी हे रवि
बनेनौ तर तिमी अमेरिकाने
बन्यौ सपूत नेपाल आमाको
आज छोरा रवि लामिछाने ॥

रचना : ज्ञान बहादुर लामा “दोङ”
प्रतिक्रिया दिनुहोस्