जर्मन क्लब डाइनामो ड्रेसडेनका थप २ मा कोरोना

एजेन्सी । कोरोना भाईरसबाट जर्मनीको दोस्रो डिभिजन क्लब डाइनामो ड्रेसडेनका थप दुई जना संक्रमित भएका छन् । डाइनामोले बिहिबार आफ्ना थप एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

यस अघि डाइनामोका दुई खेलाडीमा कोरोना देखिएको थियो । कोरोना देखिएपछि सम्पूर्ण खेलाडी र स्टाफलाई आइसोलेसनमा राखेको थियो । कोरोना देखिएका दुवै जनालाई आइसोलेसनमा पठाईएको समेत क्लबले जनाएको छ । यस्तै अन्य खेलाडीले भने शनिबारबाट प्रशिक्षण थाल्ने भएको छ ।

कोरोना भाईरसको महामारी जारी रहेपनि जर्मनी शीर्ष दुई डिभिजनका लागी गत शनिबारबाट सुचारु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्