‘भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन’

काठमाडौं — नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेपछि भारतमा खैलाबैला मच्चिएको छ । यो विषयलाई लिएर केहि भारतीय मिडियाहरुले नकारात्मक टिप्पणी गरिरहेका छन् । उनीहरुले नेपाललाई नानाथरी आरोप लगाईरहेका छन् । नेपालले आफ्नो भू-भाग वार्ताको माध्यमबाट फिर्ता ल्याउने बताइसकेको छ ।

त्यस्तै बलिउडमा लामो समय काम गरेकी मनिषा कोइरालामाथि पनि अहिले भारतीय मिडियाहरुले विभिन्न आरोप लगाईरहेका छन् । नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीहरुले मिडियाजाी आक्रोश पोखिएको छ । नेपालको नयाँ नक्सा पारित भएको विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् ।

यसै विषयमा नेपालका कलाकार लगायतले पनि प्रतिक्रिया दिन थालेका छन् । यो विषयमा नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले पनि आफ्नो भनाइ सार्वजनिक गरे । नायक हमालले फेसबुकमा भिडियो नै सार्वजनिक गर्दै आफ्नो भनाइ राखेका छन् ।

हमालले अंग्रेजी भाषामा सार्वजनिक गरेको आफ्नो विचारमा भनेका छन्–‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधिले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू-भाग हो ।’

हमालले भारतको पछिल्लो समयको गतिविधि स्वीकार्य नभएको पनि उल्लेख गरेका छन् । उनले सम्पूर्ण नेपाली जनताले आफ्नो सीमाको विषयमा कुनै पनि खालको सम्झौता नगर्ने उल्लेख गरेका छन् ।

हमालले नेपाल र भारतबीच उठेको सिमानाको समस्याले सिङ्गो देशका नागरिकलाई जस्तै आफूलाई पनि मर्माहत बनाएको बताएका छन् । उनले भारतलाई इतिहास पल्टाएर हेर्न पनि आग्रह गरेका छन्। हमालले भारतले भूकम्पको समयमा नेपालमा नाकाबन्दी लगाएर भारतले दिएको ठूलो दुःखलाई नेपालले कहिले पनि बिर्सन नसक्ने पनि बताएका छन् ।

उनले भनेका छन्–‘भारतले सिमानाको समस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कूटनीतिक तवरमा समस्या समाधान गर्न आवश्यक छ ।

आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद !

प्रतिक्रिया दिनुहोस्