साहरुख फिल्ममा मात्रै होईन गरिबहरुको लागि झनै हिरो !

काठमाडौं — नायक साहरुख खानले कोरोना संक्रमणसँग जुध्नका लागि निरन्तर सहयोग गरिरहेका छन् । भर्खरै मात्र भारतको एक रेलवे स्टेसनमा केही दिनदेखि भोकै रहेका एक महिलाको खान नपाएरै निधन भएको थियो । उक्त निधन भएको आमाको दुई बच्चालाई पनि सारुखले नै सहयोग गरेका छन् ।

केही दिनअगाडि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो, जहाँ एक बालक आफ्नी आमालाई उठाउने कोसिस गरिरहेका थिए । तर उनकी आमा मरिसकेकी थिइन् । रेलवे स्टेसनमा केही दिनदेखि भोकै रहेका ती महिलाको खान नपाएरै निधन भएको थियो । उनको साना दुई बालक उनलाई उठाउने कोसिस गरिरहेका थिए ।

बिहारको मुजफ्फरपुर रेल स्टेसनमा यो घटना घटेको थियो । अब यी बालकको सहयोगका लागि नायक साहरुख खानले सहयोग गरेका छन् ।


साहरुखको मिर फाउन्डेसनले बच्चालाई आर्थिक सहयोग गरेको छ । मिर फाउन्डेसनको अफिसियल ट्विटर एकाउन्टमा लेखिएको छ–‘बालकको सहयोगका लागि हामीसँग आग्रह गर्ने सबैलाई धन्यवाद । हामी उनलाई सहयोग गर्दैछौं र अहिले उनी आफ्नो हजुरबुबाको साथमा छन् ।’

साहरुखले पनि ट्विट गर्दै लेखेका छन्–‘म प्रार्थना गर्छु कि बालकलाई आफ्नी आमा गुमाउनुको पीडा सहने शक्ति भगवानले प्रदान गरून् । मलाई थाहा छ यसको पीडा कस्तो हुन्छ । हाम्रो साथ र माया तिमीलाई सधैं छ ।’

बालकका हजुरबुबाले साहरुखले अहिले दुई बच्चाको नाममा १र१ लाख रुपैयाँ बैङ्कमा डिपोजिट गरिदिएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्