लकडाउन खुकुलो बनाउने तयारी

काठमाडौं । आइतबारदेखि सरकारले लकडाउन खुकुलो बनाउने भएको छ । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्यौदा तयार पारेको छ ।

मस्यौदा अनुसार हालसम्म १ सय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी भएको हो । जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने नियम बनाइएको छ ।

तर, असार १ पछि भने लामो दूरीको यातायात पनि खुला गरिने भएको छ । लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्वन्धमा यसअघि प्रधानमन्त्रीले विज्ञहरूसँग परामर्श लिएका थिए ।

नेपालले ११ चैतबाट लकडाउन सुरू गरेको थियो । पछिल्लो पटकको म्याद जेठ ३२ सम्म छ ।

प्रतिक्रिया दिनुहोस्