गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

शनिवार प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्तिमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङजा १० , बांग्लुङ १, कास्कीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरि भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी बर्दाघाट सुस्ता पूर्वका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सवै १६ देखि ५९ वर्षका पुरुषहरु रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्