कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृतकको संख्या १४ पुग्यो

काठमाडौं । स्याङजामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो ।
वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाए ।

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । त्यसमध्ये ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्