विदेशबाट विरक्तिएर कृषि फर्मले बदलेका नारायणको जीबन

काठमाडौं — धादिङका नारायण थापासँग गाडी कुदाउने सिप थियो । उनले त्यहि सिप प्रयोग गरि स्वदेशमा र विदेशमा ११ वर्ष समय गुजारे । स्वदेशमा खाना लाउन मात्र ठिक्क हुने विदेशमा गएपछि ऋण तिर्नपनि धौ—धौ परेपछि नारायणमा स्वदेशमा जागिर खाने र विदेशी भुमिमा पसिना बगाउने सपनाको अन्त्य भयो ।


एउटा सपनाको अन्त्य सँगै अनगिन्ती सपनाको जन्म हुन्छ भने झै नारायणमा पनि थुप्रै सपनाहरु जन्मिए । स्वदेशमा जागिर खाने हैन बरु आफ्नै मेहनतमा रमाउने सोचे जस्तो भए बरु अन्य थुप्रै विदेशी भुमिमा श्रम गर्न हुईकिनेको सारथी बन्ने सपनाका साथ कुषि फर्म सञ्चालन गर्ने नारायणमा आट पलायो ।

आट त पलायो तर लगानी गर्ने रकम साथमा थिएन । चिताएपछि पुग्छ भनेझै नारायण थापाले पनि चिताएको काम पुरा गर्ने आधार बन्दै गयो । उनलाई श्रीमती सदस्य रहेको सहकारीले ऋण दिने भयो । सहकारीको ३ लाख ऋण र परिवार आफन्तबाट संकलन गरि काठमाडौंको कलंकी छेउमा खाली रहेको ६ रोपनी जग्गा लिजमा लिएर तरकारी खेती सुरु गरे ।

विशेषगरि गोलभेडा, कोपी, खोर्सानी, कांक्रा साथै मौसम अनुसारका तरकारी खेति लगाएका उनले दुध उत्पादन गर्ने उद्धेश्यले भैसी समेत खरिद गरि पालन गर्न थाले । नारायण थापालाई पहिलो वर्षमानै अपत्यारिलो नाफा भयो । झण्डै खर्च कटाएर पाँच लाख खुद आम्दामी गरेपछि उनमा थप हौसला प्राप्त भयो ।

उनले नमुना कुषि फर्म दर्ता गरि कुषि कर्ममा निरन्तर लागेको३ वर्ष पुरा भईसकेको छ । अहिले उनले २० रोपनी क्षेत्रफलमा विभिन्न तरकारी र भैसीपालन गरेका छन् । परिवारबाहेक ४ जना नियमित र अन्य १० देखि १५ जनालाई आंशिक रोजगारी समेत नारायणले दिईरहेका छन् ।

यो पनि पढ्नुहोस्…

विदेशबाट फर्किएका यी जोडिको लोभलाग्दो कमाई

प्रेरणादायी ऋषिराम: झमकलाई आईडल मान्छन्

प्रतिक्रिया दिनुहोस्