एसईई परीक्षा दिनु नपर्ने, मूल्याङ्कनको आधारमा प्रमाणपत्र !

काठमाडौं — सरकारले यसपालि एसईई परीक्षा नगर्ने निर्णय गरेको छ। बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका अनुसार अझै सङ्क्रमण बढ्ने देखिएकोले परीक्षालाई यथावत्‌ राख्न उपयुक्त नदेखिएकोले परीक्षाले गर्ने काम अहिले विद्यालयको आन्तरिक मूल्याङ्कनमार्फत् गरिने बताए ।

एसईई परीक्षाको बारेमा बुधवार निर्णय भए पनि कक्षा ११ र १२ को हकमा भने अझै कुनै निर्णय गरिएको छैन। त्यसबारे मन्त्री पोखरेलका अनुसार कक्षा ११ र १२ को हकमा भने छलफल गरिरहेको बताए ।

चैत ६ गतेका लागि तय भएको परीक्षा अघिल्लो दिन साँझमात्र स्थगित भएको थियो । अहिले परीक्षा नलिने र अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा बोर्डले प्रमाणपत्र दिने निर्णय भएपछि फरक–फरक मत आइरहेका छन् ।

यो पनि

प्रतिक्रिया दिनुहोस्