राहत वितरणमा दयाको साथ किरातीलाई

काठमाडौं —लकडाउनका कारण दैनिकीमा समस्या परिरहेकाहरुका लागि राहत वितरणमा निरन्तर सकृय भोजपुर जिल्ला सांसद सुदन किरातीलाई अभिनेता दयाहाङ राईले समेत साथ दिएका छन् । भोजपुर गृहजिल्ला भएका अभिनेता राईले सोही क्षेत्रका सांसदको अभियानमा सहयोग गरेका हुन् ।


दैनिक छाकटार्ननै समस्या परेकाहरुको घरडेरामा पुगेर सांसद किरातीले चामलको बोरा वितरण गरिरहेका छन् । किरातीको सहयोग अभियानमा थोरैभएपनि होस्टेमा हैसे प्रदान गरेको अभिनेता राईले प्रतिकृया दिए ।

किरातीले आफ्नो सांसद पदको हैसियतमा प्राप्त गर्ने सेवा सुविधाबाट चामलको बोरा खरिद गरि समस्यामा परेकाहरुको घरदैलोमा पुग्न थालेपछि उनीसँग थुप्रै सहयोगीहरु जोडिएका छन् ।


उद्योगी, व्यापारी, कर्मचारी, कलाकार, राजनीतिकर्मी तथा विदेशी भुमिमा रहेका नेपालीहरुले सांसदको सहयोग अभियानमा साथ दिईरहेका छन् ।
सांसद किराती दैनिक १५ देखि ४५ घरपरिवारसम्म जोडिने गरेको उनको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

यो पनि…

सांसद किरातीको सहयोग अभियानमा गायीका मेलीनाको साथ

प्रतिक्रिया दिनुहोस्