लकडाउनले सुन्तलाको नर्सरी नविक्ने चिन्तामा कृषक

उदयपुर — उदयपुरका एक कृषक आफैले उत्पादन गरेको सुन्तला र कागतीको नर्सरी नविक्ने चिन्तामा छन् । लकडाउनले छिमेकी पालिका र जिल्लाबाट कृषकहरु आउन नपाएपछि रौतामाई गाउँपालिका–४ सल्लेका कृषक टेकबहादुर पाठकले फार्ममा उत्पादन गरेको नर्सरी नविक्ने चिन्ता छाएको हो ।

२०६० सालदेखि कोलबारी सुन्तला जात फलफुल नर्सरी फर्म दर्ता गरेर व्यावसायिक रुपमा सुन्तला र कागतीको नर्सरी उत्पादन गर्दै आएको कृषक पाठक अहिले निकै चिन्तित्मा छन् । कोरोनाभाईरस संक्रमण रोकतथा तथा नियन्त्रणको लागी सरकारले देश लकडाउन गरेको छ । कोरोनाको कारण देश आर्थीक संकटमा छ भने प्राय सवै क्षेत्र प्रभावित नै छन् ।

नर्सरी उत्पादक टेकबहादुर पाठक सुन्तलाको नर्सरी कृषकलाई बेच्न तयार पार्दै । तस्विर : सिंह चाम्लिङ राई

अहिले फर्ममा विक्रि वितरण गर्न तयार भएको करिब २५ हजार विरुवा छ । केहि महिना पछि विक्रि गर्न मिल्ने करिब ३५ हजार विरुवा रहेको उनले बताए ।
व्यावसायीक रुपमा १६ वर्षदेखि सुन्तला नर्सरी उत्पादन गर्दै आएको भएपनि पहिलो पटक यस वर्ष कोरोनाले गर्दा फार्ममा उत्पादन भएका नर्सरी नविक्ने चिन्ता बढ्दै गएको कृषकको गुनासो छ ।

लकडाउनले गर्दा छिमेकी पालिका र जिल्लाबाट कृषकहरु नर्सरी लिन आउन नपाएपछि नर्सरी नविक्ने हो कि भन्ने उनको मनमा त्रास छ । नर्सरीबाट बार्र्षीक करिब ५ लाख आम्दामी गर्दै आएको कृषक पाठकले बताए । घर परिवार चलाउन, बालबच्चा पढाउनदेखि बाहिरको व्यावहार मिलाउन नर्सरीको भर छ । गत वर्षहरुमा यति बेलासम्म फर्ममा नर्सरी सकिन लाग्थ्यो । तर यस वर्ष कोरोनाले गर्दा गाउँघर भन्दा बाहिर नर्सरी गएको छैन । यस वर्ष चैत्र–बैशाखमा पनि महिनै पिछे पानी परेपनि लकडाउनले गर्दा बाहिरबाट कृषकहरु आउन नपाउदा नर्सरी विक्रि नभएको उनले बताए ।

लकडाउनले नर्सरी उत्पादनमा खासै प्रभाव नपारेपनि उत्पादन भएको नर्सरी विक्रि वितरणमा भने ठूलो प्रभाव पारेको कृषक पाठकको भनाई छ । उनले भने “गाउँघर भन्दा बाहिर विरुवा गएको छैन ।, यस पालि मंसिरदेखि नै पानी परेकाले गाउँका केहि कृषकले पुसमा समेत विरुवा लगेर रोपेको छ ।, त्यस पछि माघर फागुनमा रोपेको विरुवा सवै बँचाएको छ ।”

गाउँघरमा अहिलेसम्म करिब २० हजार विरुवा विक्रि भईसकेको छ । जुन धोद्रे, मझौले, आँपटार, भुट्टारको माथिल्लो भेग आसपासमा गएको कृषक पाठकले बताए । गत वर्षहरुमा छिमेकी पालिका ताप्लि, लिम्चुङ्बुङ गाउँपालिका र क्रियुगा नगरपालिकाको केहि भेगका कृषकहरुले विरुवा लाने गर्दथ्यो । छिमेकी जिल्ला खोटाङको खोटेहाङ, दिप्रुङ, बाराहा गाउँपालिकाका गाउँ बस्तिका सुन्तला कृषकहरुले नर्सरी लाने गरेको उनले बताए ।

धेरै विधिबाट नर्सरी उत्पादन गर्न सकिने भएपनि विशेष महत्वका साथ विजु प्रविधिलाई नै प्राथमिकतामा राखेर नर्सरी उत्पादन गर्दै आएको छ । विजु, गुटेलेरिङ र ग्राफ्टिङ सिस्टमबाट नर्सरी उत्पादन गर्दै आएपनि सवै भन्दा बढी प्रभावकारी विजु नर्सरी रहेको कृषक पाठकले बताए । कृषकहरुले बढी विजु नर्सरी नै रुचाउने गरेको उनलेब बताए ।


तस्विर : सिंह चाम्लिङ राई / उदयुर

विजु नर्सरीबाट उत्पादन भएको फल स्वादीलो र रसिलो हुने भएकोले कृषकहरुले बढी भन्दा बढी विजुको नर्सरी नै मन पराउने गरेको छ । माघ लागे सँगै नर्सरीको माग बढ्ने गरको कृषक पाठकले बताए । गत वर्षहरुमा छिमेकी जिल्ला र पालिकाका कृषकहरु आउने भएकाले नर्सरी नपुग्ने गरेको उनले बताए । नर्सरी उत्पादनमा गोठे मल नै प्रयोग गर्दै आएको कृषक पाठकले बताए । अहिलेसम्म गोठे मल र माटोको मात्रा मिलाई त्यसलाई सोलार सिस्टमा माटो पकाई बेर्नाको टनेला बनाएर नर्सरी उत्पादन गर्दै आएको उनले बताए ।

गत कात्तिकमा जिल्लामा सुन्तलाको अवस्था के छ ?, त्यसका चुनौती र समस्याहरु बुझनका लागि आएका कृषी विभाग काठमाडौंका टोलीले नर्सरी फमको अवलोकन गरेर फर्म अव्यवस्थित भएको र विरुवामा रोग लागेकाले तत्काल विरुवा नबेच्न भनेपछि मनमा त्रास छाएको कृषक पाठक बताए । विरुवामा देखा पर्ने कोप्प्रे, खराने सामान्य रोग भएकाले बुढो मिश्राण, फाईटर, निलोतुथो र चुनाको प्रयोगबाट अहिले विरुवा राम्रो भएको उनले बताए ।
अहिले फर्ममा सुन्तलाको माउ बोट करिब १ सय ५० बोट र सानो ठूलो नर्सरी करिब ६० हजार बोट रहेको कृषक पाठकले बताए ।

यो पनि…

विदेशबाट विरक्तिएर कृषि फर्मले बदलेका नारायणको जीबन

विदेशबाट फर्किएका यी जोडिको लोभलाग्दो कमाई

 

प्रतिक्रिया दिनुहोस्