स्वस्थ जीवन: यसो गर्नुस् शरिरलाई निरोगी र तन्दुरुस्त

हाम्रो शरिरमा अनेक समस्याहरु हुन सक्छ । यदि स्वस्थ्य हुने प्रयास भएन भने हाम्रो शरिरले अनेक कसिमको रोगहरु झेल्नुपर्ने हुन्छ । रोग लाग्नु वा रोगी जीवन बाँच्नु आफैमा पीडादायक अवस्था हो । परिवारमा एक जना व्यक्ति मात्र रोगी हुँदा सम्पूर्ण सदस्यको दैनिकी प्रभावित हुन्छ । मानसिक तनाव बढ्छ । हामी चाहन्छौं, स्वस्थ जीवन बाँचौं । सधै निरोगी भएर बाँचौं । सधै तन्दुरुस्त भएर बाँचौं । दीर्घ जीवन बाँचौं । तर, हाम्रो कामना विपरित अनेकथरी रोगले हामीलाई गाँज्छ । जीवनशैलीले हामीलाई निरोगी र तन्दुरुस्त राख्दैन ।

– सधैँ एकै समयमा उठ्ने,

– बिहानको समय आफ्ना लागि पनि छुट्याउने,

– ससाना साहासिक योजना बनाई नयाँ कार्य गर्ने,

– आफ्नो लगावलाई पनि स्थान दिने,

– कार्यालयको काम घरमा नलग्ने,

– हरेक साता एकै किसिमको काम नगरी फरक काम गर्ने,

– दिनहुँ व्यायाम गर्न नछुटाउने,

– साताभरका कुराहरू सोचेर समीक्षा गर्ने,

– परिवारसँग समय बिताउने र

– आउने साताको तयारी गर्ने आदि ।

स्वेट मार्डेनका अनुसार भन्ने हो भने यदि कुनै मानिसले उत्तम स्वास्थ्यको इच्छा राख्छ भने उसले आफ्नो मनमा रोगको विचार आउन दिनुहुँदैन । यदि तपाईं तपाईंको मनोबल कमजोर नहोस् भन्ने चाहनु हुन्छ भने आफ्नो मनोवृत्तिलाई स्वस्थ बनाउनुहोस् । आफ्नो मनलाई प्रसन्न राख्नुहोस् तथा यसलाई बेचैन हुन नदिनुहोस् ।


खानाको सन्तुलन नमिलाउने

मीठो पाए पेट चर्कनेगरी खाने प्रवृत्ति छ हाम्रो । खाना खाइरहँदा हामीलाई हेक्का हुँदेन कि, यही खानाबाट शरीरले पोषक तत्व लिन्छ । त्यसैले हाम्रो थालीमा खानेकुराको सन्तुलन हुँदैन । एकैथरी खानेकुरा मात्र खाने वा मीठो लागेको मात्र धेरै खाने बानी छ । मौसमी सागसब्जी, सलाद, दही–मोही, गेडागुडी आदिको सन्तुलन नमिलाउँदा पनि हामी कमजोर र रोगी हुन्छौं ।

सक्रिय नरहने
हामी ऐश–आरममा रमाउन चाहन्छौं । हामी सुविधाभोगी भएका छौं । मीठो मसिनो खाने, मनोरञ्जन गर्ने, मस्त बस्ने–सुत्ने । तर, शारीरिक गतिविधि नगर्ने । सकेसम्म आफ्नो स–सना काम पनि अरुलाई गर्न लगाउँछौं । खाना पस्कने, भाँडा माझ्ने, कुचो लगाउने, लुगाफाटो मिलाउने, जुत्ता पोलिस गर्ने जस्ता काम आफुले गर्नै नपरोस् भन्ने चाहन्छौं । न कुनै श्रम गर्छौं, न व्यायाम । योग, ध्यान, व्यायाम गर्न जागर चल्दैन । यही कारण हाम्रो शरीर रोगी र जीर्ण हुँदैछ ।

व्यक्तिगत सरसफाई नगर्ने
यो अत्यान्तै सामान्य लाग्ने कुरा हो । जस्तो कि, बाहिरबाट घरमा पुगेपछि हातखुट्टा नधुने, कुनैपनि खानेकुरा खानुअघि हात सफा नगर्ने, शारीरिक सफाईमा ध्यान नदिने आदि । अहिले भने कोरोनाको भयले धेरैले साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने गर्छन् । यद्यपि सामान्य दिनमा हामी यस्ता कुरामा ध्यान दिदैनौं, जो संक्रमित रोगको कारण बन्न सक्छ ।

घरको सरसफाई नगर्ने
घरमा नै हामीले धेरैजसो समय विताइरहेका हुन्छौं । खाने, बस्ने, सुत्ने घर नै हो । तर, घरको स्वच्छतामा भने हाम्रो खास ध्यान गइरहेको हुँदैन । घरलाई कसरी सफासुग्गघर राख्ने, कसरी स्वच्छ राख्ने भन्ने कुरामा ध्यान दिएका हुँदैनौं । घर नै दुषित भएपछि हाम्रो स्वस्थ्य राम्रो हुने कुरै भएन ।

खानेकुरा राम्ररी भण्डारण नगर्ने
बाँकी रहेको खानेकुरा राखेर पुन तताउने र खाने गरिन्छ । अहिले फ्रिजको सुविधाले गर्दा धेरैले एकै पटक विहान र साँझको लागि खाना तयार गर्ने र राख्ने गर्छ । यसरी तयारी वा पाकेको खानालाई बासी बनाएर खाने, उचित ढंगले भण्डारण नगर्ने बानीले पनि हामीलाई रोगी बनाउँदैछ ।

यसैगरी ताजा वा शुद्ध खानेकुरा खानुपर्छ भन्ने हेक्का राख्दैनौं । बजारबाट किनेर ल्याएका खानेकुरा पनि लामो समय राखेर खाने गर्छौ । कुन खानेकुरा कसरी भण्डारण गर्ने, कसरी पकाउने, कति अवधिमा खाइसक्ने भन्ने हेक्का नहुँदा हाम्रो स्वास्थ्यमा गडबडी आउने गरेको छ ।

मीठो मसिनोको लत
हामीलाई धेरै तेलमा तारेको, भुटेको खानेकुरा मीठो लाग्छ । मसेलदार खानेकुरा स्वादिलो लाग्छ । खानेकुरा पकाइरहँदा त्यसको स्वादमा ध्यान दिन्छौं । तर, उक्त खानेकुराले शरीरका लागि पोषण आपूर्ति गर्नुपर्छ भन्ने कुरा भुसुक्कै बिर्सन्छौं । त्यसैले कसरी खानेकुरा पकाउँदा त्यसको पोषण तत्व सुरक्षित रहन्छ भन्दा पनि कसरी पकाउँदा स्वादिलो हुन्छ भन्ने चक्करमा पर्छौं । यही कारण हामी रोगी बन्दैछौं ।

 

प्रतिक्रिया दिनुहोस्