आईपीएल युएईमा गर्न भारत सरकारको अनुमति

एजेन्सी । भारत सरकारले इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेट युएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ । आईपीएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट युएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो ।

सरकारको अनुमति पाएसँगै १३ औं संस्करणको आईपीएल युएईमा हुने पक्का भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने बताईसकेको छ । यस्तै आईपीएलको गभर्निङ बडीले हरेक टिममा २४ खेलाडी राख्ने पाईने नियम समेत बताईएको छ ।

कोरोना भाईरसको महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो । एसिया कप र टी–२० विश्वकप यस वर्ष स्थगित भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।
आईपीएल युएईमा आयोजना हुन लागेको यो दोस्रो पटक हो ।

यसअघि सन् २०१४ मा समेत पहिलो चरणको खेलहरु युएईमा भएको थियो । यस पटक भने पुरा सिजन युएईमा हुनेछ । यस अघि आईपीएल मार्च २९ बाट हुने तालिका रहेको थियो । तर, कोरोनाको कारण लिग स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्