सामाजिक काममा समर्पित नायिका: लिईन् दुई गाउँका १५ सय मानिसको जिम्मा

बलिउड – कलाकारहरुले कोरोनाको कारण उत्पन्न परिस्थितीले समस्यामा परेका मािनसहरुका लागि मन खोलेर काम गरिरहेका छन् । यस्तै बलिउड नायिका ज्याकलिन फर्नान्डेजले महाराष्ट्रका २ गाउँका १५ सय ५० मानिसको जिम्मा लिएकी छिन् । ज्याकलिनले आफ्नो जन्मदिनको अवसर पारेर उनीहरुको जिम्मा लिएकी हुन् ।

उनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका १५ सय ५० मानिसको जिम्मा ३ बर्षका लागि लिएकी हुन् । ज्याकलिनले ३ बर्षसम्म गाउँमा रहेका १५ सय बढी मानिसहरुका लागि खानेकुराको व्यवस्था गर्ने बताईएको छ । ज्याकलिनको अनुसार यो गाउँका मानिसहरु आधारभुत आवश्यकताबाट बन्चित रहेको छ ।


उनले भारतीय मिडियामा गाउँका धेरै बच्चाहरु कुपोषणको शिकार भएको बताएकी छिन् । उनले बच्चाहरुका लागि पोषिलो खानाको व्यवस्था गर्ने बताएकी छिन् । यस्तै, उनले गाउँमा जनचेतनामुलक कार्यक्रम समेत संचालन गर्नेछिन् । गाउँमा जन्मिएका नयाँ बच्चाहरुलाई के खुवाउने भन्ने बिषयमा उनीहरुका आमाहरु अनविज्ञ रहेको भन्दै ज्याकलिनले उनीहरुका लागि चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताइन् ।

उनका अनुसार, गाउँमा २० वटा किचेन तयार गरिनेछ । जहाँबाट महिला, बच्चाहरुले पोषिलो खानेकुरा पाउनेछन् । बलिउड कलाकारले सामाजिक काममा पनि आफूलाई समर्पित गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्